बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले गत बुधबार ४५ अौँ जन्मदिन मनाएकी छन् । ४५ बर्षमा पनि उनको सुन्दरता कायमै छ । तस्बिरमा हेरौ

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी ४५ बर्षमा प्रवेश गरेकि छन् । शिल्पालाई बलिउडमा सफल अभिनेत्री मानिन्छ । बुधबारबाट उनि ४५ वर्षमा प्रवेश गरेकी उनी एक सफल व्यवसायी पनि हुन । शिल्पाले बलिउडमा स्थान बनाउन निकै संघर्षका दिन भोगेकी छन् ।

JOBS IN UK
These Are The UK Jobs That Pay Nepal To Work From Home

LEARN MORE→

सन् १९९३ मा रिलिज भएको हिन्दी फिल्म बाजीगरबाट अभिनय करियरको शुरुवात गरेकी हुन् । शाहरुख खान र काजोल अभिनित बाजीगर हिट भए पनि शिल्पाले उक्त फिल्मबाट खासै उकालो यात्रा पाउन सकिनन् ।

उनि पछिल्लो समय सन् २००८ मा दोस्ताना र सन् २०१४ मा रिलिज भएको ढिस्क्यिाऊमार्फत देखा परिन्

तर सन् १९९९ मा रिलिज भएको फिल्म शूलको एक गीत ’आई हूँयूपी बिहार लूटने’ मा गरेको अभिनय पश्चात उनले सफलताको स्वाद चाख्न पाइन् । उक्त आइटम नम्बरबाट शिल्पा शेट्टीको भाग्य नै बदलिएको थियो ।

त्यसैगरी सन् २००० मा रिलिज भएको फिल्म धड़कनमा शिल्पाको अभिनयलाई निकै स्रहाना मिल्यो । यस फिल्ममा उनले अक्षय कुमार र सुनिल शेट्टीका साथ काम गरेकि थिइन् । त्यसपछि खासै हिट फिल्ममा काम नगरेकि उनि पछिल्लो समय सन् २००८ मा दोस्ताना र सन् २०१४ मा रिलिज भएको ढिस्क्यिाऊमार्फत देखा परेकि थिइन् । त्यसयता टेलिभिजन रियालिटि शो र योगामा देखा परेकि शिल्पाले फिल्ममा देखिएकी छैनन् ।

तर आउदो बर्ष फिल्म निकम्मा र हंगामामार्फत शिल्पा बलिउडमा पूनःफर्कने तयारीमा रहेको खबरहरू बाहिरिएका छन् । शिल्पाका श्रीमान राज कुन्द्रा व्यवसायि हुन् । हाल शिल्पा छोरा वियान र सरोगेसीमार्फत आएकि छोरीसंग पारिवारिक जीवनमा ब्यतित गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *