लकडाउनमा कुकुरसँग रमाउँदै करिश्मा [फोटो फिचर]

सदावहार नायिका करिश्मा मानन्धरले सामाजिक संजालमा तस्विर शेयर गरिरहन्छिन्। उनले लकडाउनको समयमा घरमै समय बिताएका बिभिन्न सुन्दर तस्विर सार्वजनिक गरिरहेकी हुन् ।

 

करिश्मा मानन्धरले सन्तान फिल्मबाट नेपाली रजतपटमा पाइला चालिन् ।केहि पहिला राजनीतिमा समेत हाम्फालेकी करिश्मा फिल्मका अवला सामाजिक संजनलमा पनि उतिकै सक्रिय रहेकी छिन् । ‘सन्तान’बाट करिअर सुरु गरेकी करिश्माले अब आफ्नै छोरीलाई फिल्ममा डेक्यु गराउने तयारीमा रहेकी छिन् ।

लकडाउनको समयमा फुर्सदिलि भएकी उनि एसईईको अध्ययन पूरा गरेर उच्च शिक्षा पढ्न थालेकी छिन् । उनले हालै तस्विर शेयर गर्दे स्ताटस समेत लेखेकी छिन् । स्टाटसमा उनले ‘हामीले अरुकोलागि जे होस भनेर कामना गरिरहेका हुन्छौ, त्यो आफ्नो लागि पनि निम्ताइ रहेका हुन्छौ भएभरको शुभ सोचौ ।

उनले कोठा भाडामा बस्ने आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाइ राहत वितरणमा नुन, दाल, चामल खाद्यान्न सहयोग गरेक थिइन् । उनले भनेकी छिन् आफुले अरुको बारेमा सोचेको कुरा आफैमाथी आइपर्ने हुँदा सकरात्मक सोच राख्नु पर्छ ।

त्यस्तै उनले पछिल्लो समय उनले कुकुरसँग रमाएका तस्बिर शेयर गरेकी छन् । कुकुरसँगका तस्बिर शेयर गर्दै आमोई नि भोकलाग्यो ,दुख्यो , भन्न सक्दैन ! सधै खुसी भयेको भाव प्रस्तुत गर्छ ! मेलो बोबो

प्रकाशित मिति : June 11, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *