रुपन्देही घटना : छोरालाई ब’ञ्चरोले गि’ड्यो अनि श्रीमान र’क्सी खान गयो, म यसरी बाँचे (भिडियो हेर्नुस्) (भिडियो हेर्नुस्)

रुपन्देही । रूपन्देहीको जिल्लाको कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा मंगलबार राति बाबुले आफ्नै छोराको ज्यान लिएका छन् । राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले आफ्नै छोराको ज्यान लिएका हुन् । रातको करिब साढे १० वजे बाबु रिमबहादुरले छोरा सुदीपलाई ब’ञ्चरो प्र’हार गरी ह’त्या गरे ।

त्यो घटनाको प्रत्यक्षदर्शी आमा हुन् । आमाले आफ्नो जवान छोरालाई आँखा अगाडी नै गुमाउनुपर्दाको पी’डा रुँदै अभिब्यक्त गरेकी छन् । राति आमाले गिलासमा राखिदिएको दुध खाएर सु’तेका थिए छोरा । गर्मीका कारण आमा बाहिर आँगनमै सु’तेकी थिइन् । छोरा घरको छतमा सु’तेका थिए ।

उनका श्रीमानले सँधै आमा छोरालाई मा’र्छु भन्ने गरेका थिए । त्यो रात बाहिर आँगनमा सु’तेका बुवा अचानक उठे । आमाले आफु पनि नदिदाएका कारण श्रीमानले के गर्दैछन् भनेर बिचार गर्दै थिइन् । त्यतीकैमा छतमा चार पटक निकै ठूलो आवाज आएको सुनिन् ।

श्रीमानले संधै आमा छोराको ज्यान लिने हो भन्ने गरेको सम्झेर उनलाई त्यती बेला लाग्यो श्रीमानले छोराको ज्यान लिए । अनि हतार गरेर उठेर जाँदा छोरा मृ’त भइसकेका थिए । छोरालाई हेर्न गएकी आमालाई पनि श्रीमानले उनलाई पनि हा’न्न लागेका थिए । उनले उनको हातको ब’ञ्चरो खोसिदिइन् । उनका छोरा १६ वर्षका थिए । बाबुको आ’क्रम’णवाट ग’म्भिर अवस्थामा उनलाई अस्पताल लगिएको थियो । राति अस्पताल भर्ना गरिएका उनको विहान उज्यालो नहुँदै चिकित्सकले मृ’त घोषणा गरिदिए ।

ग’म्भीर घाइते अवस्थामा उनलाई लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल) लगिएको थियो। तर उपचारका क्रममा बुधबार बिहान ३ बजे मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय ९रूपन्देही०का प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

घटना पछि प्रहरीले युवकका बुवालाई पक्राउ गरेको छ । अभियुक्त ४८ वर्षीय रिमबहादुर अत्यधिक मा’दक प’दार्थ से’वन गर्ने र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । छोरालाई ह त्या गरे पछि फेरी उनी र’क्सी खान निस्केको आमाले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *