सरिता गिरीलाई झट्का, उनकै पार्टीले दियो कारवाहीको चेतावनी (पत्र सहित)
काठमाडौं, २८ जेठ । संसदमा संसोधन प्रस्ताव हालेकी सरिता गिरीलाई उनको पार्टी समाजवादी पार्टीले तत्काल फिर्ता लिन निर्देशन दिएको छ । पार्टीको निर्देशन विना संविधानको दोस्रो संसोधनमा प्रस्ताव हालेको भन्दै पार्टीले कारवाहीको निर्देशन दिएको छ । उमाशंकर अरगरियाको नामवाट जारी पार्टीको पत्रमा उनलाई पाटीको निर्देशन पालना नगरे कारवाहीको चेतावनी दिइएको छ । ससदिय दलको निर्देशन विना संसोधन प्रस्ताव हालेको भन्दै उनलाई तत्काल फिर्ता दिन संसदिय दलका संयोजक अरगरियाले निर्देशन दिएका छन् ।
राष्ट्रियता विरुद्ध अभिब्यक्ति दिएको भन्दै आलोचना खेप्दै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले त्यो भन्दा पनि अघि बढेर संसदमा संसोधन प्रस्ताव दर्ता गराएकी छन् । नेपालले हालै जारी गरेको परिमार्जित नक्शा संविधानमा समेट्न सरकारले ल्याएको सविधान संशोधनलाई खारेजी गर्नुपर्ने माग गर्दै सांसद सरिता गिरीले संसदमा संशोधन दर्ता गराएकी छन।
भारतले अतिक्रमण गरेको लिम्पियाधुराको जमिनलाई पनि समेटेर सरकारले नयाँ नक्सा जारी गरेको छ । सो नक्सा संसदवाट पारित गर्न संसदमा संविधान संसोधनको प्रस्ताव गरिएको छ । सरकारले ल्याएको संविधान संसोधनको खारेजीको माग राख्दै गिरीले संशोधन दर्ता गरेकी हुन् ।
बुधबार दिउँसो सिंहदरबार पुगेर उनले सो प्रस्ताव दर्ता गरेकी हुन्। संसदको विधेयक शाखाका प्रमुख नारायण ढकालले सो कुरा पुष्टि गरेका छन् । उनले अहिले सरकारले जारी गरेको नक्सा गलत छ भन्दै संसोधन प्रस्ताव दर्ता गरेकी हुन् । यस अघि पनि सांसद गिरीले लिम्पियाधुरा नेपालको भुभाग हो भनेर आफुले स्वीकार नगर्ने सार्वजनिक अभिब्यक्ति दिएकी थिइन् । उनको यो अभिब्यक्तिको आलोचना हुँदै आएको छ । त्यस्तै उनले संसदमा हिन्दी भाषा पनि नेपाली भाषा भएको भन्दै हिन्दीमै आफ्नो भनाई राख्दै आएकी छन् । ‘
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर बैशाख ७ गते नयाँ नक्सा जारीगरेपछि त्यसलाई संविधानको अनुसूचिमा भएको निशान छापमा अंकित नक्शामा परिमार्जन गर्न संशोधन विधेयक पारित गर्ने प्रक्रियामा छ। उनले त्यसको विरुद्धमा संशोधन प्रस्ताव दर्ता गराएकी हुन् ।