अस्पतालवाट भागेका कोरोना संक्रमितको मृ’त्यु

काठमाडौं । अस्पतालवाट भागेका एक जना कोरोना संक्रमितको निधन भएको छ । यो समाचार भारतको हो । भारतको एउटा अस्पतालवाट भागेका एक युवकको फेरी अस्पतालमै भर्ना गरिएको थियो । उनको मंगलवार निधन भएको हो । गाजियावाद स्थित अस्पतालवाट भागेका युवकको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गाजियावाद स्थित अस्पतालवाट भागेका उनलाई प्रहरीले फेला पारेर बरेली स्थित अस्पतालमा भर्ना गराएका थिए । दिल्लीको एक सिलाई कटाई गर्ने घरेलु कम्पनीमा काम गर्ने उनी कोराना संक्रमित भएपछि केही दिन अस्पतालमा बसेका थिए । अस्पतालवाट भागेको तीन दिन पछि फेरी खोजेर भर्ना गरिएको थियो ।

४५ वर्षका उनी वरेली स्थित आफ्नो बहिनीको घरमा फेला परेका हुन् । बहिनीको घरवाट फेरी अस्पताल लगिएका उनको २ दिन पछि मंगलवार निधन भएको हो । अस्पतालवाट भागेका उनलाई संक्रामक ऐन आकर्षीत भएको भन्दै पक्राउ गरी अस्पताल लगेको थियो । अस्पतालका चिफ एसपाल सिंहले घटनाको पुष्टि गरेको भारतीय संचार मध्यमले जनाएका छन् ।

भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २७९ को मृ’त्यु
भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २७९ जनाको मृ’त्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृ’त्यु भएकाहरुको संख्या ७ हजार ७४५ पुगेको छ ।

भारतमा अहिले पनि एक लाख ३३ हजार ६३२ जना संक्रमित अवस्थामै रहेका छन् भने स’ङ्क्रम’ण मुक्त भएकाहरुको संख्या एक लाख ३५ हजार २०५ रहेको मन्त्रालयले जनाएको छ ।कोरानाभाइरसको सं’क्रम’ण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै बुधबारसम्म ९० हजार ७८७ जना सङ्क्रमित भएका छन् ।

दोस्रो धेरै संक्रमित भएको तमिलनाडु प्रदेशमा भने ३४ हजार ९१४ जना सङ्क्रमित रहेका छन् । मेडिकल रिसर्च परिषद्का अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ४५ हजार २१६ जनाको कोरोना परिक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५० लाख ६१ हजार ३३२ जनाको कोरोना परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *