साहुको ऋण तिर्न नसकेपछि यि किसानले आफ्नो किड्नी बेच्ने विज्ञापन गरे

काठमाडौं । लामो समय देखिको लकडाउनका कारण विपन्न किसानको हालत कतिसम्म नाजुक भयो भन्नेकुराको उदाहरण यो घटनाले पुष्टि हुन्छ । कोरोना फैलन नदिन गरिएको लकडाउनले विश्वभर हजारौं मानिसको अन्य रोगका कारण ज्यान गएको छ । कति नागरिकले भोक मेटाउने कुनै उपाय नभएपछि यस्तो तरिका पनि अपनाउन बाध्य भएका छन् । अरुका लागि पनि अन्न उब्जाएर पाल्ने किसानकै यस्तो हालत भएको घटनाले सबैको मन दुखाउँछ । भारतको सबैभन्दा ठूलो राज्य उत्तरप्रदेशमा भएको यो घटनाले अहिले विश्वका ध्यान तानेको छ ।

साहुवाट लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका एक किसान आफ्नो किड्ने बेच्छु भन्दै विज्ञापन गरेका छन् । आफ्नो सानो जग्गा जमिनमा काम गरेर परिवार पाल्दै आएका यि किसानको त्यो बाटो पनि बन्द भएपछि यस्तो अवस्थामा आएको बताएका छन् । त्यस माथि साहुले ऋण तिर्न बाध्य पारेपछि आफ्नो किड्नी बेच्ने विज्ञापन दिनु परेको छ । आजतकमा रहेको समाचारले लकडाउनका कारण नेपालका किसानलाई पनि परेको अवस्थाको चित्रण गर्छ ।

यूपी के सहारनपुरमा बस्ने राम कुमार नामका यि किसान साहुको ऋण तिर्नका लागि धेरै महिना देखि बैंकमा ऋण लिन धाइरहेका थिए । तर उनलाई सहयोग पाउनु भन्दा थप समस्या मात्र आइलाग्यो । महिनौं सम्म बैंकको बाटो धाउँदा धाउँदा उनी आजित परे । कुनै उपाय नलागेपछि उनले आफ्नो किड्नी बेच्ने विज्ञापन गरे । तर मानिस कति सम्म असंवेदनशिल हुन्छन् भने उनको यस्तो अवस्थामा सहयोग गर्नुको साटो बरु किड्नी किन्ने मानिस भने तयार भए ।

उनको किड्नीको १ करोड रुपैया सम्मको बोली लाग्यो । किड्नी किन्न मोलमोलाई भयो । जब किड्नी खरिद बिक्रीको मोलमोलाई भयो अनि यो खबर प्रहरी अधिकारी समक्ष पुग्यो । घटना यति गम्भि अवस्थामा पुगिसकेको निक्र्यौल गरेपछि उनीहरुले बैंकवाट ऋण निकाल्न उनलाई सहयोग गर्ने आश्वासन दिए । त्यसरी लामो समय सम्म झुलाएर पनि ऋण उपलब्ध नगराउने बैंकलाई कारवाही गर्ने आश्वासन पनि दिए ।

कौशल विकास योजना अन्तर्गत रामकुमारले डेरी तालिम पनि लिएका छन् । उनीसंग सिप र क्षमता दुवै छ । त्यही सिपका कारण उनले १० लाख रुपैया साहुवाट ऋण लिएर डेरी फाराम खोलेका थिए । तर त्यो डेरी फारामवाट घाटा लागेपछि उनको यस्तो अवस्था आएको हो । डेरीमा आफुलाई घाटा लागेको भन्दै उनले मुख्यमन्त्री प्रधानमन्त्री समक्ष पनि आफ्नो समस्या दर्शाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *