संविधान संशोधन स्वीकृत भएसँगै संसारभरका नेपाली तथा सुभेच्छुकमा दिपावली

काठमाडौँ, २७ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको सांसद मनकुमारी जिसीले संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएसँगै संसारभरका नेपाली तथा सुभेच्छुहरुहरुमा दिपावली छाएको बताउनुभएको छ ।

नेपालको दोस्रो संविधान संशोधन २०७७ लाई विचार गरियोस् भन्ने प्रस्तावको क्रममा आज प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद जिसीले स्वाभिमानको चट्टानी अडानका साथ आज प्रधानमन्त्री केपी शर्मा ओली अघि बढिरहनुभएको उल्लेख गर्दै उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले भातवबाट अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानी नेपालको राजनीतिक तथा प्रशासनिक नक्सामा समावेश गर्न सफल भएको उल्लेख गर्नुभयो ।

संविधानमा रहेको नेपालको निशान छाप संशोधनसँगै प्रधानमन्त्री ओलीले सिङ्गो तीन करोड जनताको भावना अनुसार जनताको खुसीको शिर उच्च बनाउनुभएको उल्लेख गर्दै उहाँले संसारभर दिपावली मनाउन संसारका नेपाली तथा सुभेक्षुक तयार भएको अवस्था रहेको उल्लेख गर्नुभयो ।

वीर पुर्खाहरुले आर्जेको नेपालको संरक्षण गर्ने जिम्मा वर्तमान नेतृत्वको रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘संविधान संशोधनको प्रस्ताव पारित भएसँगै आज नेपाली मात्र हैन, नेपाललाई मायाँ गर्ने सवैको लागि ऐतिहासिक सुखी भएको क्षण बन्यो । पूर्वमा टिस्टा, पश्चिममा काँगडा पुगे भन्ने जुन राष्ट्रिय गान गायौं । अब भारतले कुटनैतिक वार्ताको माध्यमबाट अगाडि नवढे सोही राष्ट्रिय गानलाई समेत सार्थकतामा पुर्याउने गरी सरकार अघि बढ्नुपर्छ । जसकाले लागि आम नेपाली एक ढिक्का छन् । सरकारको साथमा छन् ।’

कुटीका जनताले गरेको अपेक्षाहरु पुर गर्दै अघि बढ्नु अहिलेको आवश्यकता रहेको औल्याउँदै सांसद जिसीले राम्रो र स्वाभिमान, अखण्डताका लागि नेपालीले झुकेको इतिहास नभएकाले अबका दिनमा पनि ऐतिहासिक तथ्यका आधारमा गुमेको भूमि र्फिता ल्याउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले वर्तमान सरकार सीमानको फिर्ता गर्न कटिवद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।

Share this:

Leave a Reply

Your email address will not be published. Required fields are marked *