पैदल हिडेकाहरुलाई कारले ठ’क्कर दियो: आमा छोराको घटनास्थलमै निधन, दुई घाइते

कैलाली, २७ जेठ । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा कारको ठ’क्कर बाट दुई जनाको निधन भएको छ । पुर्ब बाट पश्चिम गईरहेको बा ४ च २१०० नम्बरको कारको ठ’क्कर बाट पैदल यात्रि घोडाघाडी नगरपालिका १ जनकपुर बस्ने २६ बर्षिया सोनिया चौधरी र उनका छोरा ५ बर्षिया कृष्टन चौधरीको घटनास्थलमै निधन भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिष शरण भट्टले जानकारी दिएका छन् ।

सोहि गाढिको ठुक्कर बाट घोडाघोडी नगरपालिका १० बस्ने ४५ बर्षिया डबल शाह र लम्की चुहा नगरपालिका १० बस्ने ४० बर्षिया जयन्द्र सुनार घाईते भएका छन । घाईते दुबै जनाको घोडाघोडी अस्पताल प्रा लि सुखडमा समान्य उपचार पछि कोहलपुर रेफर गरिएको छ । कारका चालक बर्दगोरिया गाउपालिका १ का राजेन्द्र मल्ललाई ईलाका प्रहरी कार्यालय मसुरियाले निय’न्त्रण’मा लिएको छ ।

उपत्यकामा एकै दिन चार हजार कारवाहीमा
काठमाडौं । कोभिड फैलन नदिन सरकारले घोषणा गरेको लकडाउन नमानेर सवारी चलाउनेहरुलाई महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ । बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारवाही थालेको छ ।

आज मात्रै चार हजारभन्दा बढीलाई कारवाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ र रातमा ४५ स्थानमा जाँच चौकीमार्फत आम नागरिकको अत्यावश्यक सेवा र कामलाई सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरी परिचालन गरी जाँच गर्दै आएको छ ।

आज मात्रै काठमाडाँै उपत्यकामा लकडाउन उ’ल्ल’ङ्घन गर्ने तीन हजार ६४७ दुईपाङ्ग्रे र ४६० चारपाङ्ग्रे गरी जम्मा चार हजार १०७ सवारी निय’न्त्रण’मा लिई चालकलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रहरीले लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोधसमेत गर्नुभएको छ ।

लकडाउनमा बिना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बच्न गरिएको आग्रह लत्याउँदै बिना काम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा चैत ११ गतेदेखि आजसम्म लकडाउन उ’ल्ल’ङ्घन गर्ने ६१ हजार ४०६ सवारी साधन निय’न्त्रण’मा लिएर चालकलाई कारवाही गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *