टिका सानुको दशैंतिहार गीत ‘नबस्नु है पर्खि’ सार्वजनिक

काठमाडौँ / दिपक पाण्डे र कैलाश बोहोराको सयुक्त प्रस्तुतिमा संचारकर्मि एवम् गायक कविराज ढकालको सृर्जनामा   ‘नवस्नु है पर्खि’ मनछुने दशैतिहार गितको अफिसिय म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।

पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय गायिका टिका सानु , संचारकर्मि एवम् गायक कविराज ढकाल र कैलाश बोहोराको  सुमधुर स्वरमा रहेको गितमा कविराज ढकालकै उत्कृष्ट लय/शब्द सृर्जना रहेको छ । प्रदेशी नेपालिहरुको यथाप्थ जिवनमा आधारित रहेर प्रदेशी नेपालीहरुको यथार्थ पिडालाई गितमा दर्शाईएको छ ।

गितमा निकै मनछुने शब्दहरुको प्रयोग गरिएको छ , त कतिपय प्रदेशीहरुको जिवनमा मेल खान पनि सक्छ , हेरौ केहि मनछुने शब्दहरु :

यो दशैमा हजुर घर आए , केहि पर्दैन अछेता शिवाय ऋण काडेको म प्रदेश छिर्नलाई , सक्या छैन अझै नि तिर्नलाई

मदन खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियो अत्यन्तै राम्रो वनेको छ , गितको म्युजिक भिडियोमा सर्मिला वल्कोटी , प्रिति गुरुड , प्रकाश धामि , एलएन श्रेष्ठको मनछुने अभिनय देख्न सकिन्छ ।

उक्त गितको म्युजिक भिडियो Pooza Gurung को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ , भने गितको अडियो भिडियो पुनम रेकडिङ्ग स्टुडियोले प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *