देशको सिमानाले छेकेन प्रेमलाईः फिलिपिन्सकी चेली, थारुकी बुहारी

फिलिपिन्सकी ईलुईलु शहरकी ह्यानी गोहुम अर्तुज (३०) को सिउँदो सजाए

आधुनिकीकरण र सूचना प्रविधिले विश्व मानचित्रलाई एउटा गाउँजस्तो बनाइदिएको छ । अहिले कानूनी प्रक्रिया पुर्‍याएर मानिसहरू एउटा महादेशबाट अर्को महादेशमा जान सक्छ । फरक-फरक देशका नागरिकहरूबीच सम्बन्ध विस्तार हुन्छ । बिहेवारी गर्न सक्छन् ।

एक उदाहरण हुन् कैलालीको धनगढी उपमहानगरपालिकाका–७ देवहरियाका शेरबहादुर चौधरी (३०) । जसले हालै फिलिपिन्सकी युवतीसँग थारु परम्परागत विवाह संस्कारअनुसार लगनगाँठो कसेका छन् । उनले फिलिपिन्सकी ईलुईलु शहरकी ह्यानी गोहुम अर्तुज (३०) को सिउँदो सजाएका हुन् ।

त्यसैले भनिन्छ होला- प्रेम अ’न्धो हुन्छ । उनीहरूको प्रेमले देशको सीमाना देखेन । भौगोलिक दुरी मानेन । धर्म, समाज, संस्कार र पारिवारिक अनेकन ब’न्धनहरू पनि देखेन ।

धनगढी देवहरियाका शेरबहादुर ९ वर्ष पहिले वैदेशिक रोजगारीको क्रममा दुबई हानिए । सुरुवाती चरणमा उनी दुबईको क्यारीफोर कम्पनीमा ट्रली ब्वाईको रूपमा कार्यरत थिए । फिलिपिन्सकी ईलुईलु शहरकी ह्यानी पनि वैदेशिक रोजगारीको क्रममा ५ वर्ष पहिले सोही कम्पनीको क्यासियर पदमा कार्यरत भइन् । कम्पनीको पदीय क्रमअनुसार शेरबहादुर ह्यानीभन्दा तल्लो ओहोदामा कार्यरत थिए ।

एउटै कम्पनीमा कार्यरत हुँदा उनीहरूबीच चिनजान भयो । त्यसपछि बिस्तारै उनीहरूबीच प्रेमको अंकुरण हुन थाल्यो । सायद त्यसैले भनिन्छ होला- प्रेम अ’न्धो हुन्छ । उनीहरूको प्रेमले देशको सीमाना देखेन । भौगोलिक दुरी मानेन । धर्म, समाज, संस्कार र पारिवारिक अनेकन बन्ध’नहरू पनि देखेन । सबै बन्ध’नबाट उन्मुक्त थियो । निकै निश्चल थियो, उनीहरूको प्रेम । ५ वर्षको अवधिमा कहिल्यै नछुट्टिने गरी नै झांगि’यो ।

‘मलाई लाग्छ, प्रेम सम्बन्धको कुनै बन्धन हुँदैन । त्यो हामीमा पनि लागू हुन्छ,’ शेरबहादुरले ह्यानीसँगको सम्बन्ध खुलाउँछन्, ‘फरक देश, फरक समाज, फरक संस्कृतिबाट आउन सक्ने सम्भावित चुनौतीहरू सामना गर्न हामी तयार भयौं । फलतः संगै बाँच्ने, मर्ने बाचाका साथ विवाहको कदम रोज्न राजी भयौं ।’

विवाहअघि नै ससुराली पुगेँ
प्रेम सम्बन्धपछि विवाह गर्न राजी भएका शेरबहादुर ससुराली देश फिलिपिन्सको ईलुईलु पुगे । ससुरा विलियम अर्तुज र सासु मारगोरिता अर्तुजसँग भेटघाट गरे, सम्बन्ध बढाए । प्रेम सम्बन्धपछि ह्यानी र आफू सँगै बस्ने निर्णय सुनाए ।

‘ससुराली पुगेँ, स्वागत सत्कार गरे । स्नेह, माया दिए मलाई । हामीले हाम्रो निर्णय सुनाएपछि सुसुराली तर्फबाट राम्रो प्रतिक्रिया पायौं । उहाँहरूको सकारात्मक प्रतिक्रियाले हाम्रो प्रेमले निस्फिक्री फक्रिने वातावरण पायो,’ शेरबहादुर अगाडि थप्छन् ।

उनको सुसुराली परिवारमा (≈यानीको माइती) सासु, ससुरा, २ जना जेठान, २ जना साला, १ दिदी रहेका छन् । समान्य कृषि पेशामा ससुरानी परिवार आवद्ध रहेको शेरबहादुर सुनाउँछन् । उता शेरबहादुर पुगेपछि, १ वर्ष पहिले ह्यानी पनि नेपालको सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी आइन् । धनगढीभित्रको थारु वस्तीमा १५ दिन बिताइन् ।

फलतः भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायत कठिनाईलाई ति’लाञ्जली दिएकी ह्यानी अब थारु परिवारको बुहारी बनेर भित्रिएकी छन् । हाल उनको माध्यम भाषा अंग्रेजी हो । तथापि उनी नेपाली भाषा पनि सिक्ने प्रयासमा छिन् । शेरबहादुरको परिवारमा उनको बुवा, आमा, दाई भाउजु, दिदी र भतिजो छन् ।

चौधरीले बेहुला र बेहुलीलाई ‘संगै रहनु, खुशी रहनु, झ’गडा ल’डाईं नगर्नु, प्रगति गर्नु’ भन्दै एक अर्काको टा’उको एक आपसमा ३ पटक लडा’एर पर्छिन् । विवाह भएको पक्का गरिन् ।

थारु परम्पराअनुसार विवाह
एकै कम्पनीमा कार्यरत उनीहरू फागुन १९ गते धनगढीको थारु वस्तीमा थारु परम्परा अनुसार विवाह बन्धनमा बाँधिए । बेहुलीको पक्षबाट कोही उपस्थित नभए पनि थारु वस्तीका भलमन्सालगायत भद्रभलादमीको रोहबरमा समाजको रीतिअनुसार विवाह सम्पन्न भयो । थारु समुदायमा यसरी गरिने विवाहलाई पर्छौटी भनिन्छ । विवाहको क्रममा बेहुलीलाई सजाइएपछि छिमेकीको घरमा लगिएको थियो ।

त्यसपछि बेहुलाले बेहुलीलाई लिन गए छिमेकीको घरमा । बेहुलाका भिनाजु गन्जुवा (साथी) बनेर बर्झी (सगुन टाँगिएको फलामे रड) बोकेर अघिअघि हिँडे । भित्र्याइसकेपछि बेहुलाकी भाउजु नविना चौधरीले बेहुला र बेहुलीलाई ‘संगै रहनु, खुशी रहनु, झ’गडा ल’डाईं नगर्नु, प्रगति गर्नु’ भन्दै एक अर्काको टाउको एक आपसमा ३ पटक लडा’एर पर्छिन् । विवाह भएको पक्का गरिन् । कुल देवताहरूको पूजा गराइयो । कुल देवतालाई छाँकी (र’क्सी) चढाइयो । बंगुर, खसीलगायत ढा’लेर विवाहमा सहभागी इष्टमित्र, छिमेकीलगायतलाई धु’मधामले खुवाइयो ।

शेरबहादुर विवाहवारे भन्छन्–‘थोरै अपसोच त्यति मात्रै भयो कि, सुसुराली पक्षको विवाहमा सहभागी हुने धो’को हुँदाहुँदै पनि भौगोलिक कठिनाईले गर्दा उपस्थित गराउन सकेनौं ।’

ह्यानी ले पनि खुशी पोख्छिन्, ‘म निकै खुशी छु । भाग्यमानी अनुभूति गरेकी छु । जिन्दगी जिउन जान्नुपर्छ, निकै खुशी मिल्छ । जन्मेपछि संघर्ष त जसले पनि गर्नैपर्छ ।’

छोराको विवाहप्रति शेरबहादुरको परिवार निकै प्रफुल्लित छन् । शेरबहादुरकी आमा फुलपति चौधरीले खुशी साटिन्, ‘हम्रे सक्कु जे बहुट खुशी बाटी । छावाक् कदममे हम्रे साथ डेले बाटी ‘हामी सबै खुशी छौं । छोराको कदमलाई स्वीकार गर्दै हामीले साथ दिएका छौं ’ ।

ह्यानी पनि निकै खुशी छिन् । तपाईंलाई फरक देश, फरक समाज, फरक संस्कारमा सम्बन्ध बढाउँदा कस्तो महसूस हुँदैछ ? भन्ने लोकान्तरको जिज्ञासामा ह्यानी ले पनि खुशी पोख्छिन्, ‘म निकै खुशी छु । भाग्यमानी अनुभूति गरेकी छु । जिन्दगी जि’उन जान्नुपर्छ, निकै खुशी मिल्छ । जन्मेपछि संघर्ष त जसले पनि गर्नैपर्छ ।’

विवाहपछि कानूनी प्रक्रिया पूरा गरेर शेरबहादुर र ह्यानी पुनः दुबई फर्किने बताएका छन् । हाल सो कम्पनीको जनसम्पर्क अधिकृत (पीआरओ) मा बढुवा भएका शेरबहादुर रोजगारीको क्रममा अझै केही वर्ष दुबई बस्ने र पछि नेपालमै फर्किने योजना सुनाए ।
लखन चाैधरी/लोकान्तर न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *