‘यो मन त मेरो नेपाली हो’ भन्दै नाचिन् हिमानी, पारसले गरे शेयर

लकडाउनले गर्दा धेरै नेपालीहरु सामाजिक सञ्जालमा सक्रिय छन् । घरभित्र नै थुनि-एका धेरै मानिसहरु टिकटकसँग जोडिएको पाइन्छ । लकडाउनको समयमा पुराना हस्ती कलाकारहरुसमेत टिकटकमा देखिएका छन् ।

 यसैबीच पूर्वयुवराज्ञी हिमानी शाह पनि सामाजिक सञ्जालमा टिकटकमा निकै सक्रिय हुन थालेकी छन् । पछिल्लो समय उनी सामाजिक सञ्जालमा एकाएक चर्चामा आएकी छन् । उनको टिकटक एकपछि अर्को लगातार भाइरल बन्दै गएको छ ।

हिमानीले छोरीद्वय पूर्णिका शाह र कृतिका शाहसँग टिकटककामा गरेकी अभिनय अहिले भाइरल बन्दै गएको पाइन्छ ।

पूर्वयुवराज्ञी हिमानी छोराछोरीसहित अहिले थाइल्यान्डमा रहेको बताइएको छ । छोरी अध्ययनका लागि थाइल्यान्डमै रहेकी छन् ।
छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्कि-एकी हिमानीको अहिले अर्को देशभक्तिपूर्ण टिकटक भिडियो भाइरल बन्दै गएको छ ।

उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ ।‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा हिमानीले दुई छोरी पूर्णिका र कृतिकासँग नृत्य गरेकी भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *