सरकारलाइ झुक्न बाध्य बनाउने काठमाण्डौंमा अनौठो घट्ना !

काठमाडौँ । काठमाडौंको बालुवाटार क्षेत्रमा मंगलवार अनौठो प्रकारको विरोध देखिएको छ । विभिन्न प्रकारका जनावरका मखुण्डो लगाएका अधिकारकर्मीहरुले सरकारको आलोचना गर्दै विरोध गरेका छन् । कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडाउनकै समयमा सरकारले कर बुझाउन ताकेता गरेपछि ब्यवसायी र सामाजिक अभियन्ताले विरोध गरेका हुन् । उनीहरुको विरोधको शैली भने अनौठो थियो ।

बालुवाटार क्षेत्रमा भेला भएका सामाजिक अभियन्ता र व्यावसायीले सर्वसाधारणलाई कर तिर्न दवाव दिने सरकराले राष्ट्रपति कार्यालयमा कार्पेटका लागि ठूलो लगानी लगाउन लागेको भन्दै विरोध जनाएका थिए । उनीहरुले सर्वसाधारणलाई कलडाउनका समयमा दिएको राहतका नाममा १० अर्व खर्च भएको सरकारी आँकडाको पनि विरोध गरेका छन् । उनीहरुले कोरोना महामारीमा खर्च भएको भनिएको १० अर्ब कहाँ गयो भनेर पनि प्रश्न गरेका छन् ।

जनावरको मुखुण्डो लगाएका सामाजिक अभियन्ताले सरकारलाई राखेका प्रश्न सहितको प्लेकार्ड बोकेका थिए । सरकारले कोरोना परिक्षणका लागि गरिरहेको आरडिटी प्रविधिको पनि विरोध गरेका छन् । त्यो प्रविधि प्रभावकारी नभएको भन्दै उनीहरुले पिसिआर प्रविधिवाट कोरोना परिक्षण गर्न माग गरेका छन् । साथै पछिल्लो समय १४ दिन अस्पतालमा राख्दा पनि लक्षण नदेखिए डिस्चार्ज गर्ने सरकारको नीतिको पनि उनीहरुले विरोध गरेका छन् ।

यता प्रहरीले भने व्यवसाय संचालन गर्ने नाममा सडकमा नारावाजी गरेपछि बल प्रयोग गरेको जनाएको छ । लामो समय देखिको लकडाउनका कारण आजित परेर पसल संचालन गरेका ब्यवसायी र प्रहरीबीच काठमाडौंका विभिन्न स्थानमा झडप भएको छ । मंगलवार विहानै काठमाडौंको न्युरोडमा प्रहरी र व्यापारीबीच झडप भएको छ भने बालुवाटारमा पनि प्रहरीले बल प्रयोग गरेको छ ।

व्यापारीले लकडाउन उल्लंघन गर्दै पसल खोल्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । बानेश्वरका व्यावसायीले विभिन्न ५ सुत्रिय माग राख्दै आन्दोलनको चेतावनी दिइरहेका बेलामा बालुवाटार नजिक खुर्सानीटारका ब्यापारी भने नाराजुलुससहित सडकमै निस्केका छन् । प्रहरीले हस्तक्षेप गर्ने देखेर ब्यापारीहरु नाराजुलुस सहित पसल खोल्न पुगेका थिए । व्यापारीको नाराजुलुस माथि प्रहरीले बल प्रयोग गरेको छ ।

बालुवाटार नजिकै रहेको खुर्सानीटार क्षेत्रका व्यापारीले नारा जुलुस सहित निस्केपछि प्रहरीले पानीका फोहोरा हानेर व्यापारीलाई नियन्त्रणमा लिएको छ । पसल खोल्न गएका ब्यापारीलाई प्रहरीले बन्द गर्न आग्रह गरेको थियो । तर सबै किसिमका पसल सुचारुका साथै व्यापार व्यवसाय सञ्चालन गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीको आग्रह नमानेर ब्यापारीले नाराजुलुस गर्न थालेपछि पानीको फोहोरा हानेर व्यापारीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले ‘केही ब्यापारीलाई पक्राउ गरिएको जनाएका छन् । उनले पक्राउ परेका ब्यापारीको नाम भने खुलाउन चाहेनन् ।

लकडाउनका बेला सामाजिक दूरी कायम गर्नुपर्ने भए पनि हुलहुज्जत र प्रदर्शनमा उत्रिए पछि प्रहरीले बल प्रयोग गरेको उनको भनाई छ । केही दिनयता लामो समयसम्म लकडाउन कायम भएकाले दैनिक जीवनयापन गर्न नै कठिन भएको भन्दै व्यापारीहरुले स्वतस्स्फुर्त रुपमा पसलहरु खोल्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *