आज महानायक राजेश हमालको जन्मदिन, कती बर्षका पुगे उनी ?

जेठ २७- आज चर्चित महानायक राजेश हमालको जन्मदिन रहेको छ । आज अर्थात ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका उनि नेपाली चलचित्र जगतमाछुट्टै पहिचान बनाउन सफल भएका छन् । ५६ बर्ष लागेका उनले ३ दशक लामो फिल्म यात्रामा २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

 

उनका युग देखि युगसम्म देखि देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद जस्ता फिल्म उनका हिट मानिन्छन् ।सन् १९९४ मा मात्रै उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए ।

एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका उनका लागि आफूले गरेका फिल्ममध्ये देवता र वसन्ती सबैभन्दा मनपर्ने फिल्म हुन् ।अभिनेता हमाल अभिनीत पछिल्लो रिलिज फिल्म शकुन्तलाु हो ।हमालले उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् ।

ढल्किदो उमेरसँगै मधु भट्टराइसँग बिवाह गरेका हमाल पछिल्लो समय टिभी शोहरूमा बढी ब्यस्त रहे ।

प्रकाशित मिति : June 9, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *