हिमानी शाहको अर्को टिकटक ‘डान्स’ पनि भाईरल (भिडियोसहित)

पूर्वयुवराज्ञी हिमानी शाह अहिले फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी छिन् । उनी अहिले आफ्ना छोरीहरुसंग टिकटक भिडियो मार्फत् रमाईरहेको देखिन्छ । यस अघि पनि उनकी छोरीहरुसंगको टिकटक भिडियो बाहिरिएको थियो ।

‘गुराँसको फेदमुनि….’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग नृत्य गरेकी हुन् । तीनैजना कालो पोशाकमा सजिएका छन् र एउटै वान्कीमा कम्मर मर्काएका छन् । पूणिर्का साहको अकाउन्टबाट अपलोड भएको यो भिडियो केही घन्टामै भाइरल बनेको छ । हिमानीका पति पूर्व युवराज पारस शाहले पनि यो भिडियो ‘मेरो परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् ।

पूणिर्काले भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘यो (डान्स स्टेप) हामीले आमाबाट पाएका हौं । हामीसँग साँच्चै गजबकी आमा हुनुहुन्छ ।’

यो भिडियोलाई अहिलेसम्म करिब ८ हजारले लाइक गरेका छन् भने करिब ५ सय कमेन्ट आएका छन् । कमेन्टमा सबैले उनीहरुको सुन्दरता र नृत्यको तारिफ गरेका छन् ।

पूर्व युवराज्ञी हिमानी र उनका तीन छोराछोरी अहिले थाइल्यान्डमा छन् । उच्चशिक्षा अध्ययनका लागि त्यहाँ रहेका छोराछोरीलाई भेट्न गएकी हिमानी लकडाउनका कारण उतै अड्केकी हुन् । त्यहाँ उनी छोराछोरीसँग रमाइरहेको यो टिकटक भिडियोबाट पनि थाहा हुन्छ ।

टिकटकमा सबैभन्दा बढि क्रेज चाहिँ पूर्व नवयूवराज हृदयन्द्रको छ । खासगरी टिनएजर केटीहरुले उनीप्रति आशक्त छन् । उनीहरुले हृदयन्द्रलाई ‘नेसनल क्रस’ को संज्ञा दिने गरेका छन् । हृदयन्द्रको आफ्नै टिकटक एकाउन्ट भने छैन । उनी निकटका व्यक्तिहरुले उनको भिडियो बनाएर टिकटकमा अपलोड गर्छन् ।

पूणिर्काले चाहिँ केही दिनअघि आफ्नै टिकटक अकाउन्ट बनाएकी हुन् । उनको अकाउन्टबाट ६ वटा भिडियो पोष्ट भएका छन् । उनका फलोअर्स १२ हजार ८ सय पुगेका छन् भने कुल २१ हजार ४ सय लाइक्स प्राप्त गरेकी छन् ।

यसैक्रममा उनको अर्को देशभक्तिपूर्ण टिकटक भिडियो सार्वजनिक भएको छ । ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ ।

हिमानी शाहको देशभक्तिपूर्ण टिकटक भिडियो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *