५ जना काेराना संक्रमितलाई लिएर हिंडेको एम्बुलेन्स दुर्घटना

अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिको खाँचीकोट बाट पाँच जना बिमारी बोकेर सन्धिखर्क आउदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ७ खाँचीकोटको चन्द्र प्रभा मावी क्वारेन्टाइनका ५ जना काेराना संक्रमितलाई लिएर सन्धिखर्कको हटारीनेटा आईसाेलेशनमा जाने क्रममा भुतपुर्व सैनिकद्वारा सन्चालित लु १ ब ३५३५ नम्बरको एम्बुलेन्स फर्जेङ खोला बजारमा दुर्घट्ना भएको हो ।

पाँच जना काेराना संक्रमितलाई फर्जेङ खोला बजारबाट उद्दार गरि सन्धिखर्कको हटारीनेटा आईसाेलेशनमा लगिएको छ । दुर्घट्नामा ४ जना सामान्य घाइते भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँची ले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *