अझै बढ्यो सुनको मूल्य, यस्तो छ आजको सुनको भाउ

सुनको मूल्य आज (सोमबार) सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासं’घका अनु’सार सोमबार छापा’वाल सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि आइतबार छापावाल सुन प्रति’तोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।तेजा’वी सुनको मूल्य भने प्रतितोला ८७ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य प्रति’तोला ९ सय २५ रुपैयाँ कायम गरिएको थियो।

महासंघले लक’डाउनको साढे दुई महिनापछि आइतबारदे’खि दैनिक मूल्य निर्धारण गर्न थालेको हो। उक्त दिन छापावाल सुन १० हजार चार सय रुपैयाँ बढेको थियो।

 Posted in समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *