नेपाली बजारमा सुनचाँदीको मुल्य केहि दिन यता थपघट भइरहेको छ ।

काठमाडौ, २५ असोज । नेपाली बजारमा सुनचाँदीको मुल्य केहि दिन यता थपघट भइरहेको छ । आइतबार सुनचाँदीको मुल्य वृद्धि भएको छ । आज सुन तोलामा ८ सयले बढेको हो ।

आइतबार छापावाला सुन प्रतितोला ९५ हजार ६ सय र तेजाबी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलामा ९ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि वृद्धि भएको छ । ४० रुपैयाँले चाँदीको मुल्य वृद्धि भएर प्रतितोला १ हजार २३५ रुपैयाँमा खरिद बिक्रि भएको छ । शुक्रवार चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोवार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *