दशैँमा पिङ नहाल्न सरकारको आग्रह

पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गइरहेका छन् । अहिले नेपालमा सक्रिय कोरोना संक्रमित २५ हजार नाघिसकेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गइरहेकोले दशैंको समयमा सार्वजनिक स्थानमा पिङ नहाल्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले  दशैँका बेला सार्वजनिक स्थानमा पिङ वरीपरी भीडभाड हुँदा कोरोनाको जोखिम हुने भन्दै यस्तो आग्रह गरेका हुन् ।

प्रवक्ता गौतमले ले आवतजावत र भीडभाड चुनौतीपूर्ण भएको भन्दै यसपालिको दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पुजा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *