पाठेघरको नलीमा शिशु अड्किएपछि गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ ।

गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सामाजिक मन्त्रालयको संयोजनमा गर्भवतीलाई प्रभु एयरको हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । हिस्ताङको पाठेघरमा समस्या आएका कारण गलकोटस्थित आरोग्य अस्पतालमा उपचार हुन सकेको थिएन ।

यो पनि : हिमानी ट्रष्टद्वारा स्वास्थ्य सामग्री सहयोग

हिमानी ट्रष्ट काठमाडाँैले धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका सदस्य तेजबहादुर सिंह र तपराज जोशीले उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

ट्रष्टले एक सय पिपिई, दुई हजार ५०० सर्जिकल मास्क, दुई हजार ५०० थान ग्लोब्स, रु एक लाख बराबरको साबुन तथा रु एक लाख बराबरको पानी हस्तान्रण गरेको बताइएको छ । नगरप्रमुख वडले ट्रष्टले आपत्कालिक अवस्थामा सहयोग गरिएको प्राप्त स्वास्थ्य सामग्री आवश्यकताका आधारमा प्रयोग गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *