होण्डाको दशैँ अफर : १ रुपैयाँमै कुनै पनि मोटरसाइकल वा स्कुटर”

नेपालीहरुको महान चाड वडा दशैलाई लक्षित गरी होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा” अफर सार्वजनिक गरेको छ ।

मंगलबार देखि लागू भएको यस योजना अवधिभर ग्राहकहरुले होण्डाको कुनै पनि मोटरसाइकल वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्ने जनाइएको छ ।

यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्र्याच कुपन मार्फत रु. १ लाख सम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । थप जानकारीका लागि ग्राहकहरुले होण्डाको टोल फ्रि नम्बरहरु १६६००१४६६३२ ९नमस्ते० ९८०१५७११११ ९एनसेल० मा सम्पर्क गर्न सक्नेछन् । कोभिड– १९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै यस्तो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *