माता लक्ष्मी ले बनाइदिनुहुनेछ मालामाल, अपनाउनुहोस् धनकी देवीसँग जोडिएका यी १० उपाय

माता लक्ष्मी ले बनाइदिनुहुनेछ मालामाल, अपनाउनुहोस् धनकी देवीसँग जोडिएका यी १० महाउपाय
जनबोली न्यूज नेटवर्क बुधबार १४ असोज, २०७७
काठमाडौं । कात्तिकको औंशीको रातमा तिहार पर्व मनाइने गरिन्छ । यो वर्ष तिहारको लक्ष्मी पुजा कात्तिक १९ गते बिहीबार परेको छ । यस दिन धनकी देवी लक्ष्मीको पुजा हुने गर्छ । यो पनि मान्यता छ कि, यस दिन देवी लक्ष्मीको पूजा गर्नाले वर्षभरी घरमा सुख समृद्धि रहिरहने छ ।

यस्तै यो दिन हामीले केही कुराहरुको ख्याल पनि राख्नु पर्छ । हामीले भुलेर पनि त्यस्तो नगरौं, जसले देवी लक्ष्मी रिसाउन् । के कस्तो काम गर्नाले लक्ष्मी रिसाउछिन् ? यो जान्नको लागि तलको कुरा पढ्नुहोस् ।

१. कसैलाई खाली हात नफर्काउनुस् : तिहारको समयमा भिखारी वा अन्य देउसी भैलो खेल्न आएका मानिसहरुलाई खाली फर्काउनु हुन्न । उनीहरुलाई केही न केही अवश्य दिएर पढाउनु होला ।

२. लक्ष्मी पुजाको रात नसुत्नु : लक्ष्मी पुजाको रात नसुत्नुस् । बरु रातभर जाग्राम बसेर देवी लक्ष्मीको मन्त्रलाई विधि विधानसँग जाप गर्नुहोस् ।

३. ननुहाई फुल नटिप्नुस् : ननुहाइ पुजाको लागि फूल नटिप्नुहोस् । नुहाएर मात्र पुजाको लागि फूल टिप्नुस् । ननुहाइ टिपेको फूलले पुजा नगर्नुस् ।

४. मा’द’कप’दा’र्थ न’पि’उ’नुस् : लक्ष्मी पुजाको रात कुनै प्रकारको मा’द’क प’दा’र्थ न’पि’उ’नु’हो’स् ।

५. कसैसँग झगडा नगर्नुस् : लक्ष्मी पुजाको दिन केही मानिसहरु हरेक कुरामा झगडा गर्ने गर्छन् । तर, लक्ष्मी पुजाको दिन कसैसँग पनि वादविवाद नर्गुस् । मनलाई शान्त राख्नुस् ।

६. आफुभन्दा ठूलोलाई नराम्रो नभन्नु : लक्ष्मी पुजाको दिन आफुभन्दा ठूलोको अपमान हुने काम नगर्नुस् । बरु पुजा गरेपछि सबैलाई दर्शन गरी आशिर्वाद लिनुहोस् ।

७. बासी फूल नचढाउनुुस् : लक्ष्मी पूजाको दिन देवी लक्ष्मीलाई बासी फूल नचढाउनुस् । देवी लक्ष्मीको पूजा गर्दा भखरै टिपेको ताजाफूलको प्रयोग गर्नुस् ।

८. जुवा नखेल्नुहोस् : लक्ष्मी पूजाको दिन प्रायः मानिसहरु जुवा खेल्ने गर्छन् । देवी लक्ष्मीको कृपा पाउन चाहनुहुन्छ भने जुवा खेल्ने काम पनि नगर्नुस् ।

९. स्त्रीसँग स’म्बन्ध नबनाउँनुस् : लक्ष्मी पुजाको रात आफ्नो पत्नी या कुनै परस्त्रीसँग स’म्बन्ध नबनाउनुस् ।

१०. भेदभाव नगर्नुस् : लक्ष्मी पूजाको दिन उपहार दिँदा सबैलाई बराबर दिनुहोस् । भेदभाव गर्नाले देवी लक्ष्मी रिसाउन सक्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *