थु’क्क मेरो जात !! जोवन चल्ने, भोजन नचल्ने

हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो | “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको ? लेख्नु भएको रहेछ। कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो| मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ, झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ, मान्छेहरु किन आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन । फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ, त्यो संख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन।

अरुले के कारण र उदेश्यले फेसबुक चलाउछन मलाइ थाहा भएन| तर मैले केहि सिक्न जान्न र नया खबरहरु पढ्नको लागि चलाउछु। गाउँकै दाजु भएको कारणले उहालाई अर्को एकजना साथि हटाएर भएपनि मैले साथी बनाएँ| तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो| अनुरोध स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो, “आहा! कति राम्री छौ है तिमी त। मैले केहि प्रतिकृया जनाइन साथी बनाएकोमा सामान्य आभार व्यक्त गर्नपनि कन्जुस्याई गरे त्यसपछि लगातार मेरा पोष्ट र फोटाहरुमा गाउँले दाजुको कृपा हुनथाल्यो पाँच मिनेटमा लगभग मलाइ पचास लाइक र आठदश कमेन्ट दिएर धन्य बनाए|

मैले धेरै मिहेनत गरेर लेखेका लेख र स्टाटस उनले यति छिटो पढेर प्रतिकृया दिए जस्तो मलाइ लाग्दैन| कति गहन र गम्भीर पोष्टमा पनि “कुरा सहि हो” “ल ल दाम्मी छ” “यु आर राइट” जस्ता पदौरे कमेन्ट देखेर मलाइ धेरै दुख लाग्यो। मेरा तस्वीरहरूमा “आहा! कति राम्री“वाउ लुकिंग सेक्सी “साे हट जस्ता कमेन्ट देखेपछि मेरो रिसको पारो तात्यो फेरी दाजुले हत्तपत्त मलाई म्यासेज गरे “के छ रानी ? यस्तो लाग्थ्यो मलाई पचास लाइक र आठदश कमेन्ट दिएर फकाइसके मलाई तिनको पागलपन देखेर एकछिन कुरा गरौँजस्तो लाग्यो, मैले सोचें यिनले मलाइ चिन्छन कि चिन्दैनन् ? कुरा गर्ने क्रममा थाहा भयो, यिनले मलाइ चिन्दैनन्| – लेखक शिवानी रानी सामाजिक संजालबाट साभार

गाउँको हो भन्ने थाह छ तर कसको छोरी या बहिनी भन्ने थाह छैन| धेरै बर्ष गाउँ बाहिर बसेर बुढेसकालमा बिदेशिएका यी दाइको बारेमा मलाइ भने धेरै कुरा थाह थियो , यिनकी छिमेकी बहिनी मेरी साथी भएकी र म त्यहाँ सानैदेखि जाने भएकोले यिनलाई म राम्ररि नै चिन्थे , यसबीचमा यिनले दुइपटक मेरो मोबाइल नम्बर मागे भने तीनपटक म्यासेन्जरमा कल गरे, मैले दुबैलाई इन्कार गरें| मैले अब मेरो काम छ पछी कुरा गरौंला भन्दापनि नसुनिकन उनी आफ्नो काम र तलबको बढाईचढाई ब्याख्या गर्नेमा व्यस्त रहे, अन्तिममा केहि उपाय नलागेपछि मैले भनें “म तपाईलाई अंकल भन्छु नि ल ,दाजु आत्तिदै भन्छन् “हैट ! के भनेको त्यस्तो ? बरु हामि लप गरौँ न, आइ लप यु ”

तिनको पछिल्लो शब्दले मलाइ रन्थन्यायो , आखिर के सम्झिन्छन छोरा मान्छेहरु आफुलाई ? कसरि यस्तो सोच्न र भन्न सक्छन ? एक छोरा र एक छोरीका बाउ भएर आफ्नो छोरीजस्ती केटीलाई आफ्नै गाउँको भनेर जान्दाजान्दै कसरि यस्तो कुरा भन्न सक्छन ? के लाज, डर, घिन, इज्जत केहि हुन्न यिनको ? म सरासर उनको प्रोफाइलमा गएँ , कतै फेक अकाउन्ट त होइन भन्ने जिज्ञासाले , तर होइन उनको आफ्नै अकाउन्ट थियो, उनले केहि घण्टा अगाडी छोरीको फोटो हालेका रहेछन, “मेरी गुडिया आइ लप यु” लेखेर , मलाइ यो “आइ लप यु” शब्दसँग धेरै घिन लाग्यो, मलाइ पनि मेरा आफन्तले “आइ लप यु” भन्नुहुन्छ।

हिजोसम्म प्रेमको, स्नेहको प्रतिक लागेको आइ लप यु एकाएक घृणित शब्द भयो, उनले छोरीलाई पनि मैलाई जस्तो आइ लप यु भनेका होलान्, मलाइ यस्तै लाग्यो, मैले एकाएक तिनमा राक्षस देखें, भीमकाय शरीर, विकृत अनुहार र फोहोरी सोच भएको राक्षस, तिनलाई उचित शिक्षा दिने बिचार आयो, म पुन म्यासेजमा फर्किसक्दा उनले “ बिहे नगरेपनि अनलाइन लप गरौँ, यसो समय कटाउने मेलो म बिदामा आउँदा तिमीलाई नया मोडेलको मोबाइल ल्याइदिन्छु ” लेख्न भ्याएका रहेछन, मेरो रिसको पारो झन् तातियो, मैले उक्त म्यासेज बक्सको स्क्रीनसट लिएँ र मेरो वालमा उनलाई ट्याग गरेर हालिदिएँ|*

Leave a Reply

Your email address will not be published. Required fields are marked *