मध्यरातमा एकल युवती यो कथा मेरै देशको हो, साँच्चि यस्तै भन्ने दिन आईदिए…

मध्यरातको समय थियो, एकजना युवती आफ्नो घर जनाको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सीहरू थिएनन् । युवती एकदम डराएकी थिइन । घडीमा पनि रातको 12:47 बजेको थियो । सडकमा केवल बुस्या कुकूरहरू बुकिरहेको थिए । टिर्र-टिर्र गर्दैं रातको झ्याउकिरीहरू पनि कराउँदै थिइन् ।त्यतिकैमा युवतीको नजर उताबाट आइरहेको एउटा केटामा पर्छ । अध्याँरो भएकाले टाढाबाट त्यति राम्रा चिन्न सकेन । युवती झन् डराउन थालिन् । केटा युवतीको नजिक आइपुगे । घाँटीमा सिक्री, हातमा पनि सिक्री, खुट्टामा बुट, कान र आँखाको माथिल्लो भागमा रिङ्ग् झुण्ड्याएको, केटा हेर्दा त गुण्डा जस्तै देखिन्थ्यो । उसलाई देखेर युवती डरले थर-थर काँपिन्, मनमा एउटै प्रश्न गरी-गरी गुमिरहे, “लौ न, मलाई के पो गर्ने हो?”

कतै समस्यमा परेपनि गुहार माग्ने नजिकमा अरु कोही थिएनन् ।ण्डा जस्तो युवक युवतीको नजिक आएर भन्छ, “किन डराउनु भएको, बहिनी! ढुक्का होउ, म तिमीलाई केही गर्दिन । अध्याँरोमा तिमी माथि मौका छोप्न खोजेको होइन । तिमी एउटा नारी हौ । रातको समय युवतीहरुलाई त्यति राम्रो हुँदैंन । त्यसैले जबसम्म यहाँ ट्याक्सी आउँदैन, तबसम्म म तिम्रो अंगरक्षक भएर बस्छु।”केही बेरपछि त्यहाँ तिब्र गतिमा आएर एउटा ट्रक गचक्क रोकिए। ट्रक ड्राईभर पनि मापासेले गर्दा मातिएको थियो ।

“ना ना ना नानी, क क कहाँ जाने हो, आउनुस् बस म पु पु पुर्याइदिन्छु ।” केटी तर्फ हेर्दैं ट्रक ड्राईभरले जीव्रो लड्बडाउँदै भनिन् । रक्सी पनि ढङ्-ढङ्ती गनाइरहेका थिए । त्यो युवकले पनि धेरै रात भएकाले अब ट्याक्सी आउँदैनन् र यसै ट्रकमा जाउँ भनी युवतीलाई आग्रह गरिन् । युवती आफ्नो अंगरक्षक गर्ने युवकलाई डराएको आवजमा Thank you भन्दैं ट्रकको क्याबिन सिट्मा बसिन्, किनकि अब ट्रक ड्राईभरले के गर्ने हो, उनीलाई थाहा थिएन । घरसम्म त जसरी नि पुग्नु पर्ने थियो । दिनमा भएको धेरै वर्षातका कारण घरमा कल गर्नलाई फोनको नेटवर्क पनि थिएन । यता गुण्डा जस्तो देखिने युवक भने विपरित दिशातिर जानु परेकोले कुनै सवारी साधन नआएसम्म पर्खनु पर्ने भयो।
ट्रक आफ्नो गतिमा गुडिरहे । ड्राईभर युवती तर्फ आँखा पुलक-पुलुक पार्दैं हेरिन् ।

विचरी युवती डराएर बसिरहेकी थिई । कतै ड्राईभर मोरोले केही गर्यो भने ह्यान्ड्ब्यागले हिर्काएर आफू बच्ने आँट समेत गरेका थिइन् । ड्राईभरले मन्द बोलीमा ओठ लडबडाउँदैं भनिन्, “हेर्नुस् नानी, ती ती ती तिमी त मेरो बहिनी जस्तै हुन्, डराउनु प प प पर्दैंन । रातको समयमा एकजना मात्र के के के केटी ट्याक्सी स्ट्यान्ड्मा देखेर मैले ट्रक रोकेको हो, कि कि कि किनकि आजकाल जमना एकदम खराब छ ।”केही समयपछि ट्रक केटीको घर एरियामा आएर रोकिन् । युवतीले ड्राईभरलाई भाडा कति भयो भन्दै आफ्नो ह्यान्ड्ब्यागबाट बेरिएको ५०० रुपैंयाँ निकालीन् । तर ड्राईभरले भाडा लिन मना गरे । बरु रातमा एक्लै यात्रा कहिल्यै नगर्नु भनेर युवतीलाई सम्झाइन् । युवतीले पनि Thank you दाइ, तपाई पनि जाँड रक्सी धेरै नपिउनु भन्दै ट्रकको क्याबिनबाट तल बुर्लुक्क ओर्लिए ।

युवती घरसम्म पुग्न त्यहाँबाट पनि केही समय गल्लीको बाटो हिँडेर जानु पर्दथ्यो । स्ट्रिट लाइट नभएकाले गल्लीको बाटोहरू अध्याँरो थियो । युवती गल्लीको हिलो बाटो हुँदै आफ्नो पाईलालाई अगाडि लम्काइन् । उताबाट एकजना बसको खलासी चुरोट तान्दैं मोबाईलको टर्च बालेर आइरहेको थिए । केटी फेरि पनि डराइन्, किनकि रातको समयमा एक्लो युवती कहाँ र कतिखेर के हुन्छ भन्न सकिन्न थियो । खलासी चुरोटको एकसट तान्दैं युवती नजिक आइपुगिन् ।“यस्तो अध्याँरो र हिलम्मे बाटोमा एक्लै कहाँसम्म जान लागेको, दि ! जाउँ, म पुर्याइदिन्छु; डराउन पर्दैंन।” खलासीले युवतीलाई टर्च बालेर युवतीकै घरसम्म पुर्याएर फर्किन् ।अरुभन्दा नि रातको समयमा एउटा युवती सुरक्षाका साथ घरसम्म पुग्न सफल हुँदा युवतीको परिवारहरू खुशी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *