लगातार बढिरहेको सुनको मुल्य आजा भने ह्वात्तै बढ्यो , यस्तो छ आजको मुल्य
काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ।
आज प्रतितोला ९ सय रुपैयाँले बढेर सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कोरोबार भएको थियो।