अब स्वदेश फर्कन सहज, घर आउन चाहनेले अनुमति लिनैपर्ने नियम ह’टाइयो

काठमाडौँ : नियमित उडान भएपछि खाडीका मुलुक तथा मलेसियाबाट घर फर्कने नेपालीलाई स’हज भएको छ । हवाई उडान नि’यमित भएपछि त्यहाँस्थित नेपाली दूतावासले स्वदेश फि’र्न चाहने नेपाली श्र’मिकले अ’नुमति लिनुपर्ने व्यवस्था हटाएको छ ।प्रमुख गन्तव्यस्थित नेपाली दूतावासहरूका अनुसार कोभिड–१९ को संक्रमण ब’ढ्नुपूर्व जसरी नै सामान्य अवस्थामा स्वदेश फि’र्न सक्ने वातावरण बनेको हो । ‘हामीले ना’मावली प्रकाशन ब’न्द गरिसक्यौं । याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

अब स्वदेश फिर्न चाहनेले दूतावासमा नाम दर्ता गर्ने र अनुमति लिनैपर्ने बा’ध्यता छैन,’ संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले फोनमा कान्तिपुरसँग भने, ‘पहिलाजस्तो जान पाइएन भन्ने अवस्था अहिले छैन ।’कोरोनाले यूएईको सेवा क्षेत्रलाई ठूलो अ’सर परेको थियो । रोजगार गुमाएर स्वदेश फिर्न सक्ने नेपालीको चा’प थे’ग्न दूतावासलाई निकै क’ठिन परेको थियो । यूएईमा मात्रै झन्डै ५० हजार जनाले घर फिर्तीका लागि नाम दर्ता गराएका थिए । असोज २० सम्म यूएईबाट २७ हजार ४ सय ३८ जना स्वदेश फि’रेका छन् ।

यसरी फि’र्नेमा झन्डै १० प्रतिशत महिला रहेको दूतावासले जनाएको छ ।‘अब ज’रिवाना ति’र्न नसकेर रोकिएकाहरूका के’स मात्रै दूतावासले हेर्नुपरेको छ,’ राजदूत ढकालले भने, ‘ज’रिवाना ति’र्न नसकेर विमानस्थलबाट फ’र्कनुपरेकाको ज’रिवाना मि’नाहा गर्नका लागि यूएई सरकारसँग समन्वय भइरहेको छ ।’ बुधबार दूतावासले १५ जनाको ओ’भरस्टेबापत लागेको ६० हजार दिराम (झन्डै १८ लाख रुपैयाँ) ज’रिवाना मि’नाहा गरेको थियो ।कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले घर जान पाइएन भनेर श्रमिकहरू दूतावासमा आउन छा’डेको बताए ।

कतारबाट स्वदेश फिर्नका लागि नाम दर्ता गरेका २४ हजारमध्ये १४ हजार ४ सय ७८ जना स्वदेश आइसकेका छन् । कतारबाट यसरी फिर्नेमा ४ सय ६८ जना महिला छन् । ‘अहिले हामीले क’न्सुलर सेवामा केन्द्रित गर्न पाएका छौं । तलब नपाएका के’सहरू हेर्न थालेका छौं । पहिलाजस्तो दिनरात स्वदेश फि’र्न चाहने नेपालीको पहिचान गर्नु परेन । प्राथमिकताका आधारमा छु’टाउनुपरेन,’ उनले भने, ‘नियमित उडानमा पनि स्वदेश फि’र्नेको चा’प छैन ।’उनका अनुसार टिकटको अ’भावमा स्वदेश फि’र्नबाट कोही वञ्चित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *