यो मुर्ती देख्ने बितिकै ॐ लेखी सेयर गर्नुहोस सधै फलिफाल हुनेछ,धन लाभ हुने २१ वटा संकेतहरु

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु: यो मुर्ती देख्ने बितिकै ॐ लेखी सेयर गर्नुहोस सधै फलिफाल हुनेछ— हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ । यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ । जुन यसप्रकार छन् :

१. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ । २. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ । ३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ । ४. यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।

५. यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ । ६. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ । ७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ । ८. विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

९. यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ । यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ । १०. सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

११. यदि कसैले सपनामा दियो बालेको या कसैलाई पैैसा सापटी दिएको देख्यो भने उसलाई अनपेक्षित रुपमा धनप्राप्ति हुन सक्छ । १२. यदी सपनामा कसैलाई गर्धन चिलायो भने पनि धन लाभ हुने सम्भावना हुन्छ । साथै बोटमा पाकेको सुन्तला या खेतमा पाकेको गहुँ देख्यो भने उसलाई छिट्टै धन प्राप्ति हुने सम्भावना हुन्छ ।

१३. जब कुकुरले अचानक जमीनमा पटक पटक टाउको रगडेको देख्नु भयो भने त्यस्तो ठाउँमा गाडेको धन हुन सक्छ । साथै यदी कुकुरले कुनै खाद्यपदार्थ लिएर आएको देख्नु भयो भने पनि तपाईलाई धन प्राप्त हुन सक्छ । १४. जो व्यक्ति सपनामा फलफुल खाएको देख्छ उसले धन लाभ हुने योग बन्छ । सपनामा धुम्रपान गर्छ, उसलाई पनि धन प्राप्ति हुन सक्छ । सपनामा जसको दाहिने हातमा सेतो रँगको सर्पले टोक्छ उसलाई धेरै धन प्राप्ति हुन सक्छ ।

१५. जो व्यक्तिले सपनामा पिशाब, वीर्य, दिशा या भमिट(वाक्क) गरेको चिज देखे या खाएको देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने संयोग मिल्छ । साथै आफ्नो प्रेमी प्रेमिका सँग सम्बन्ध विच्छेद गरेको सपना देख्यो भने पनि त्यसको आधारमा धनप्राप्ति हुन सक्छ ।

१६. शुक्रबारका दिन केशरी रँगको गाई देखियो वा दर्शन गर्ने मौका पाइयो भने धनप्राप्ति हुन सक्छ । १७. यदि कोई यात्री घर फर्कि रहेको हुन्छ र बायाँ तिर रोकियो भने उसलाई थोरै समयका लागि धनप्राप्त हुन सक्छ । यदि कुनै व्यक्तिले कुनै गाउँ वा नगरमा प्रवेश गर्ने समयमा दायाँ तर्फ सुँगुर देखियो भने उसलाई धन प्राप्त हुन सक्छ । १८.सपनामा हरियो फुलबारी तथा अनार र उँट देखियो भने धन प्राप्ती हुने योग बन्छ । १९.कहिँ जाँदै गरेको अवस्थामा यदि बाटोमा सुन्दर महिला या कन्या देखियो भने त्यसलाई धनप्राप्तीको संकेत मान्न सकिन्छ । २०. यदि कोही सपनामा टाउको कन्याउँदै गरेको देखियो भने त्यसकै कारण पैसा मिल्न सक्छ । यदी आँखा कन्याउँदै गरेको देखे भने पनि पैसा मिल्न सक्छ । सपनामा गाडेको धन देखियो भने पनि सम्पत्ति वृद्धि हुन सक्छ ।

अन्य समाचार, काठमाडौं। कतारमा रहेका सबै नेपालीले निःशुल्क कोरोनाभाइरसविरुद्धको भ्याक्सिन पाउने भएका छन् । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले आफ्नो देशका नागरिक र आफ्नो देशका बस्ने विदेशी गरी देशभित्र भएका सबैलाई निःशुल्क कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको एक बरिष्ठ स्वास्थ्य अधिकारीले जानकारी दिए । कोभिड–१९ सम्बन्धी राष्ट्रिय स्वास्थ्य रणनैतिक समूहका अध्यक्ष डा. अब्दुल्लतिफ अल खलले यस्तो जानकारी दिएको कतार ट्रिब्युनले बनाएको छ । कतारमा ४ लाखभन्दा धेरै नेपाली बस्छन् ।

‘आउँदा हप्ता र महिनामा कतारले पर्याप्त मात्रामा भ्याक्सिन सुरक्षित गर्ने तयारी गरिरहेको छ । यो व्यक्ति, सार्वजनिक र सामुदायिक स्वास्थ्यको लागि महत्वपूर्ण छ’ हम्माद मेडिकल कर्पोरेशनमा संक्रामक रोग विशेषज्ञका प्रमुख समेत रहेका डा. खलले कतार टिभीसँग कुरा गर्दै भने । उनका अनुसार जनस्वास्थ्य मन्त्रालयले भ्याक्सिन उपलब्ध हुनासाथ यसलाई हासिल गर्नको लागि ठूलो प्रयास गरिरहेको र उत्पादक कम्पनीसँग सम्झौताको प्रक्रिया अगाडि बढाइसकेको छ ।

‘संकेतहरु धेरै राम्रा देखिएका छन् । जनस्वास्थ्य मन्त्रालयले सम्झौता गरेका कम्पनीमध्येको एक फाइजरले राम्रो काम गरिरहेको छ । फाइजरको भ्याक्सिनले अक्टोबरको अन्त्यमा वा नोभेम्बरमा स्वीकृति पाउने सम्भावना छ’ उनले भने । डा. खलका अनुसार यो भ्याक्सिनको अहिले विभिन्न देशका ४४ हजार जनामा ट्रायल भइरहेको छ र यसको नतिजाको आधारमा भ्याक्सिनले स्वीकृति पाउनेछ । भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको प्रमाणित भएमा यसले स्वीकृति पाउनेछ र यो कतारसहितका विभिन्न देशमा निर्यात गरिनेछ ।

‘हामीले आशा गरेका छौं कि कतारले पहिलो परिमाण यो वर्षको अन्त्यसम्ममा वा अर्को वर्षको सुरुवातसम्म पाउनेछ’ उनले भने । कतारले प्रारम्भिक चरणमा भ्याक्सिन उत्पादनमा प्रतिष्ठित र सुरुवातमा भ्याक्सिन प्रभावकारी र सुरक्षित देखिएका अन्य कम्पनीहरुसँग पनि सम्पर्क गरिरहेको उनले बताए । ‘केही अन्य कम्पनहिरुसँग पनि छलफल भइरहेको छ’ उनले भने । डा. खलका अनुसार फाइजरले सुरुवाती चरणमा १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने र विभिन्न देशमा पठाउने तयारी गरेको छ । कम्पनीले २०२१ मा १ अर्ब डोज उत्पादन गर्ने जनाएको छ ।

अन्य समाचार, एवत सारु । (रम्भा) पाल्पा जिल्लाकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको रम्भादेवी मन्दिर भक्तजन तथा दर्शनार्थीको लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । रम्भादेवीको मन्दिर गई चोखो मनले भाकल गरे रम्भादेवीले मनोकांक्षा पुरा गर्ने जनविश्वास छ ।

जिल्लाकै धार्मिक केन्द्रको रुपमा रहेको रम्भादेवी मन्दिर र आसपासका क्षेत्र धार्मिक हिसाबले मात्र नभई सास्कृतिक, सामुदायिक वन विकास, पर्यटन विकास तथा जैविक विविधताको दृष्टिले समेत महत्वपूर्ण रहेको छ । जिल्ला सदरमुकाम तानसेन बजारबाट करिब ३१ किलोमिटर पूर्वमा ताहु बजार नजिकै रम्भाद्वार्थ राजमार्गमा पर्ने आर्यभञ्ज्याङ देखि करिब १४ किलोमिटरको दुरीमा यो मन्दिर रहेको छ । जिल्लाको १० स्थानीय तह मध्य रम्भा गाउँपालिकाको वडा नं. ५ ताहुमा यो मन्दिर रहेको छ । गाउपालिकाको नाम समेत रम्भादेवीको नामबाट नामाकरण गरिएको छ ।

ताहु बजार देखि करिब १ किलोमिटर उत्तर तर्फ हिंडेपछि रम्भादेवी वन क्षेत्रमा पुग्न सकिन्छ । रम्भादेवी वनको अधिकांश भाग उत्तरी ढलान फर्केको छ भने केही भाग दक्षिणी मोहडा फर्केको छ । यस वनमा ६० प्रजाति भन्दा धेरै वनस्पति तथा सयौं थरीका वन्यजन्तु रहेको जिल्ला वन कार्यालयले जनाएको छ । संरक्षित वनस्पति बेत बाँस यसै वनमा पाईन्छ । उत्तर तर्फ रहेको रमणीय माछापुच्छे्र, धौलागिरी, अन्नपूर्ण हिम श्रंखला देख्न सकिने रम्भादेवी वनको बिचमा रम्भादेवीको मन्दिर रहेकोछ ।

धार्मिक किम्बदन्ती अनुसार भगवान राम र सीता घुम्दै आउँदा यस क्षेत्रमा आईपुगेको र रमा(सीता) लाई पानीको प्यास लाग्दा रामले वाण हानी पानी उत्पन्न भएकोले रमापानी भनिएको र पछि अपभ्रशं भई रमापानीको सट्टा रम्भापानी भएको कथन छ । रम्भादेवी मन्दिर नजिकका क्षेत्र समेत धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण मानिन्छ । यस क्षेत्र देखि केही दुरीमा बाकुमगढी तथा रिमिघा लेक पर्दछ । रिमीघा लेक पर्यटकीय दृष्टिले महत्वपूर्ण त छदै छ यो लेक ऋषिमुनीहरुको पवित्र तपोभूमिको रुपमा समेत रहेको विश्वास गरिन्छ ।

रम्भादेवी क्षेत्रबाट नजिकै रहेको बाकुमगढीमा नेपाल एकीकरणको क्रममा युद्ध भएको थियो । यहा गोर्खाली फौज र पाल्पाली सेनवंशीय राजाहरु बिच लडाई चलेको थियो । मन्दिरको प्रवेश क्षेत्रमा नाचन डाडा रहेको छ । नाचन डाडा मगर समुदायको मारुनी नाच नाच्ने थलोको रुपमा चिनिन्छ । यहा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मेला लाग्ने गर्दछ । समुद्र सतह देखि करिब ४३०० फिट उचाईंमा रहेको नाचन डाँडा सम्म सडक पु¥याइएको छ । नाचन डाडामा रम्भादेवी पर्यटन विकास प्रतिष्ठानको सहयोगमा रम्भादेवी मन्दिर प्रवेश द्वार निर्माण गरिएको छ । प्रवेश द्वार देखि करिब ८ सय मिटर को दुरीमा मन्दिर रहेको छ । प्रवेश द्वार देखि मन्दिर सम्मको ८ सय मिटर लम्बाई रहेको बाटो डेढ मिटर चौडाईमा ढुंगाले छापेर बनाईएको छ । बाटोको कुना र छेउमा विभिन्न प्रजातिका वनस्पति लगाईएको छ । रम्भादेवी क्षेत्र विकासको लागि विभिन्न संघ संस्था तथा व्यक्तिहरुको महत्वपूर्ण योगदान रहेको छ । यस क्षेत्रको विकासको लागि रम्भादेवी पर्यटन विकास प्रतिष्ठान, रम्भादेवी सामुदायिक वन, रम्भादेवी समाज कोष, रम्भादेवी मन्दिर व्यवस्थापन समिति लगायतका समिति मार्फत परिवर्तनका प्रयासहरु भई रहेका छन् । पाल्पाको अर्गलीमा पुख्र्यौली घर भई हाल पोखरा बस्ने हरिप्रसाद पाण्डेले रम्भादेवी मन्दिर, प्रतिक्षालय, खानेपानी टंकी निर्माण गरिदिनु भएको छ । मन्दिर परिसर सफा गर्न मासिक तलब रु ५००० दिएर कर्मचारी समेत राखिएको छ ।

रम्भादेवी मन्दिरमा सर्वप्रथम वि.सं १९५८ मा मुर्ति चढाएको अभिलेख छ । वि.सं. १९९९ मा पाल्पाका तत्कालिन कमाण्डर इन चिफ रुद्र शमशेरद्वारा मन्दिरमा देवीको मुकुट र गहना चढाईएको थियो । हाल यस मन्दिरमा करिब ४२ वर्ष अगाडी बनाएको मुर्तिलाई दैनिक पुजा गरिन्छ । अहिलेको मुर्ति वि.सं २०३३ साल भाद्र १ गते कृष्ण जयन्तीका दिन टक्सार निवासी मुर्तिकार रामलाल शाक्यले चढाएका हुन् ।

रम्भादेवी मन्दिर बारे विभिन्न रोचक तथ्यहरु समेत खुल्दै आएका छन् । मन्दिरको मुर्ति २ पटक चोरी भएको पुजारी टीकाराम बस्याल बताउछन् । पछिल्लो पटक वि.सं २०२८ मा मन्दिरबाट नभई घरैबाट मुर्ति चोरी भएको वहाँ बताउनु हुन्छ । बस्तीबाट टाढा जंगलको बिचमा मन्दिर रहेको र मन्दिरबाट मुर्ति चोरी भएको विभिन्न संचार माध्यममा आएपनि मुर्ति घरबाट चोरी भएको हो । करिब २५ वर्ष अगाडि देखि पुजारी काम गर्दै आउनु भएका ५३ वर्षीय बस्याल र अर्का पुजारी पे्रम नारायण पाण्डेले मन्दिरको मुर्ति जोगाउन दिनहु घरैबाट डोकोमा बोकेर ल्याउने लैजाने गर्छन् । घरबाट दैनिक डेढ घण्टा हिंडेर डोकोमा मुर्ति तथा शिला ल्याई मन्दिरमा राख्ने र बेलुकीपख घर लैजाने गरिएको छ । विशेष पुजाका दिन दुवै जना पुजारी आउने र अन्य दिन पालैपालो गरि पुजा गर्न आउने गरिएको पुजारी पे्रमनारायण पाण्डे बताउछन् । उनीहरु दिनहु ताहु बजारका घर घरमा पुगी एकएक मुठी अक्षेता समेत बटुल्ने गर्छन र मन्दिरमा चढाउने गर्छन् । ताहु बजारका करिब ५६ घरमा पुगी अक्षेता उठाउने गरिएको छ ।

रम्भादेवी मन्दिर संगै पानीको मुहान रहेकोले स्थानीयलाई खानेपानीको गर्जो समेत टरेको छ । ताहुका केही घरपरिवारले मन्दिरको पानी उपभोग गरेको ताहु रानाटोल निवासी कृष्णा रानाले बताईन् । रम्भादेवी मन्दिरमा साउन महिनाको पहिलो १५ दिन, एकादशी र औंसीको दिन बाहेक वर्ष भरि नै पुजा गरिन्छ । बुद्ध जयन्ती र कृष्ण जन्माष्टमीको दिन धुमधामसंग पुजा गरिए पनि त्यस दिन बलि दिईन्न । पुजारीहरुले मन्दिरमा चढाएको भेटी, दान दक्षिणाका साथै बोका, राँगाको बलि दिंदा उठेको रकम लिने गरेको पर्यटन विकास प्रतिष्ठानका अध्यक्ष विनोदकुमार श्रेष्ठ बताउछन् । एउटा रांगो वा बोकाको बलि दिंदा रु. ६०० लिने गरिएको पुजारी टिकाराम बस्याल बताउछन् । धेरै पुजा हुने महिनामा २०,२५ हजार रुपिया सम्म आम्दानी हुने तर कहिले काही नगण्य आम्दानी हुने बस्याल बताउछन् । मन्दिरमा हास, बोका, रागा, कुभिण्डो, भेडा, परेवाको बलि दिईन्छ । रम्भा गाउपालिकाको झोकेदी र पिपलडाडाका करिब २५० घरकुरियाका भक्तजनले हरेका वर्ष १ पाथी धान उठाई पुजारीलाई दिने गर्छन् ।

यस मन्दिरमा चोखोमनले चिताएको कुरा रम्भादेवीले पु¥याउने हुंदा आजकल मन्दिरमा विवाह तथा व्रतबन्ध समेत गर्नेहरु आउन थालेका छन् । पुजा गर्न स्याङजा, नवलपरासी, गुल्मी, रुपन्देही, कास्की, काठमाण्डौ लगायतका स्थानबाट समेत आउने गर्दछन् ।

रम्भादेवी मन्दिरको माथि डाडामा भ्यू टावर निर्माण, बगैचा निर्माण र मन्दिरको आम्दानी व्यवस्थापन गर्न छुृट्टै समिति बनाउने योजना रहेको रम्भादेवी पर्यटन विकास प्रतिष्ठानका अध्यक्ष विनोदकुमार श्रेष्ठ बताउछन् । प्रतिष्ठानबाट प्रवेश द्वार निर्माण, प्रवेश द्वार देखि मन्दिर सम्मको बाटोमा ढुंगा छाप्ने काम, वनको चुलीमा वन्यजन्तुको लागि ७० हजार लिटर क्षमताको पानीपोखरी निर्माण, पिकनिक स्थल निर्माण लगायतका कार्य गरिएको श्रेष्ठ बताउछन् । यस वर्ष फुलको बगैचा निर्माण गर्ने योजना रहेको छ । रम्भादेवी सामुदायिक वनका वन्य पैदावार बिक्री गरि कोष स्थापना गरिएको छ । उक्त कोषबाट समेत मन्दिर विकासमा टेवा पुगेको रम्भादेवी सामुदायिक वनका उपाध्यक्ष खुमप्रसाद श्रेष्ठ बताउछन् । मन्दिरमा विद्युत सुविधा नभएकोले यस वर्ष रम्भा गाउपालिकाबाट विद्युतिकरण गर्न तथा उत्तर तर्फको प्रवेश द्वार सम्म मोटरबाटो विस्तार गर्न रु १० लाख बजेट विनियोजन गरिएको रम्भा गाउपालिका–५ का वडा अध्यक्ष खुमाकान्त बस्याल बताउछन् ।

मन्दिर देखि उत्तर तर्फ रहेको ओमभञ्याङ देखि मन्दिर सम्मको मोटरबाटो बनाउँदा फोक्सिङ्कोट, हुगी तथा स्याङ्जा भेगका भक्तजनलाई सजिलो हुने रम्भा गाउपालिका–१ का वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । फोक्सिङकोट र पिपलडाडाको बिचमा रहेको रिमिघा लेकमा पर्यटन पुर्वाधार विकास भई रहेको र चाडै रिमिघा लेकको विकास गरिने वडा नं. २ का अध्यक्ष उमानसिं सारुले बताए । यसै वर्ष मन्दिरमा विद्युतीकरण गर्न र उत्तर तर्फको मोटरबाटो निर्माण गर्न हुमबहादुर श्रेष्ठको अध्यक्षतामा मोटरबाटो तथा विद्युत निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।

थप समाचार, एजेन्सी- खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्‍याउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् । मोटोपन घटाउछ । रगतमा चिनीको मात्रा घटाउछ ।पिसाबको विरामीलाई लाभदायक छ ।हाडजोर्नी लगाएतका दुखाइ घटाउछ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । थकाइ मेटाउछ ।

थप समाचार , काठमाडौं। साउदी अरेबियाले कोरोनाभाइरस फैलिन नदिने उद्देश्यले लगाएका प्रतिबन्ध हटाएसँगै मक्का मदिनामा तीर्थयात्रीहरुले आइतबार उमराहको लागि इस्लामको सबैभन्दा पवित्र स्थल काबाको परिक्रमा गरे । अल जजीराका अनुसार अहिलेलाई साउदी सरकारले आफ्नो देशका नागरिक र आफ्नो देशमा बस्ने आप्रवासी मुस्लिमहरुको लागि मात्र मक्का मदिना यात्राको अनुमति दिएको छ । संक्रमण रोक्नको लागि साउदी सरकारले मार्च महिनामा उमराह स्थगित गर्ने निर्णय गरेको थियो ।

धार्मिक परम्पराअनुसार विश्वको कुनै पनि मुसलमानले कुनै पनि समयमा उमराह गर्न सक्छन् । उमराह दुई घण्टाभित्र अत्यन्तै छिटो गरिने निकै खतरनाक आध्यात्मिक प्रक्रिया हो । हज र उमराह गर्ने तीर्थयात्रीले काबाको वरिपरी परिक्रमा गर्नुपर्छ । काबाको महत्व यत्ति कुराबाट अनुमान गर्न सकिन्छ कि विश्वका मुसलमान यसको दिशामा पाँच पटक नमाज पढ्छन् ।

पहिलो चरणमा सरकारले प्रतिदिन ६ हजार तीर्थयात्रीलाई मस्जिदमा प्रवेशको अनुमति दिएको छ । प्रत्येक व्यक्तिले ३ घण्टाभित्र तीर्थयात्रा पूरा गर्नुपर्नेछ । मस्जिदमा प्रवेश गर्नको लागि आगन्तुकले अनलाइन आवेदन गर्नुपर्नेछ । सरकारी टेलिभिजनले आइतबार देखाएको फुटेजमा लगभग ५० जनाले काबाको परिक्रमा गरिरहेको देखिएको छ । प्रतिबन्ध खुकुलो पार्ने दोस्रो चरण १८ अक्टोबरदेखि लागू हुनेछ । गृह मन्त्रालयका अनुसार देशबाहिरका मुसलमानले १ नोभेम्बरदेखि उमराहको अनुमति पाउनेछन् ।

विश्वभरीका मुसलमानले वर्षैभरी उमराहको लागि मक्काको यात्रा गर्छन् । मुस्लिम धार्मिक नियमअनुसार उमराह वर्षको कुनै पनि महिनामा गर्न सकिन्छ । हज मन्त्री मोहम्मद बेनटेनले बताएअनुसार यहाँ आउने श्रद्धालुहरुलाई समूहमा बाँडिनेछ ताकि मक्काको मस्जिदमा शारीरिक दूरी कायम रहोस् । साउदी अरब सरकारद्वारा जारी तथ्यांकका अनुसार हज र उमराहबाट साउदी सरकारले १ वर्षमा १२ अर्ब डलर कमाउँछ ।

अन्य समाचार काठमाडाैं। काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन। यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ। सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउन ध्यान नदिएको पाइन्छ।

शुक्रबार एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्दा चालक अनुमतिपत्र र साना ठूला सवारी गरी दुवै कार्यालयमा सेवाग्राहीको भीड देखिन्थ्यो। त्यहाँको भीड नियन्त्रणका लागि सुरक्षाकर्मी खटिएका छन्।कार्यालयले साबुनपानीको व्यवस्था गरेको छ भने सन्देशमूलक प्रचार सामग्री गेटबाट छिर्नासाथ राखेको छ। कार्यालयले सेवाग्राहीलाई दुरीमा रहनका लागि पालो कुर्ने ठाउँमा पनि गोलो घेरा बनाएको छ। त्यसको पालना भने कम छ।

सेवाग्राहीको चाप धेरै भएकाले दूरी कायम गर्न कठिन भइरहेको चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादूर कार्कीले बताए। उनका अनुसार यहाँ साता जना सुरक्षाकर्मी भीड नियन्त्रणकै लागि खटाइएको छ। कार्यालयले नियमित रुपमा नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गर्ने, अनुमतिपत्र वितरण र नवीकरणको काम गर्दै आएको थियो।कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा कार्यालय बन्द थियो। गत असारदेखि कार्यालय खुलेसँगै अनुमतिपत्र वितरण र नवीकरण हुँदै आएको छ। केही समय पहिले भीड बढेको भन्दै अनुमतिपत्र वितरणसमेत केही समय रोकिएको थियो । सेवाग्राही सजग हुँदा मात्रै सेवा नियमित गर्न सकिने उनको भनाइ छ।

कार्यालयमा अहिले नवीकरणका लागि झण्डै चार सय सेवाग्राही आइरहेका छन् । उपत्यकाका कतिपय यातायात कार्यालयले सेवाग्राहीको भीड कम गर्न जोर र बिजोर नम्बर गरी सेवा दिएका छन्। यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा विगत वर्षदेखि छाप्न बाँकी अनुमतिपत्र छापिसकेको छ।
बन्दाबन्दीपछि असारमा झण्डै दुई लाख अनुमतिपत्र छापिएर आएको थियो। धेरै अनुमतिपत्र एकै पटक वितरण गर्नु परेकाले पनि कार्यालयमा भीड बढेको प्रमुख कार्कीले बताए।

अहिले झण्डै एक लाख ४० हजार अनुमतिपत्र वितरण गर्न बाँकी भएको कार्यालयले जनाएको छ। चैत भन्दापछि नवीकरण भएका झण्डै १० हजार अनुमतिपत्र विभागबाट ल्याउन बाँकी छन्।अनुमतिपत्र वितरणका लागि पाँच काउन्टरमा १० जनाको व्यवस्थापन गरिएको छ। नयाँ अनुमतिपत्र बन्द भएकाले त्यो शाखाका कर्मचारी समेत अहिले नवीकरण र वितरणमा लगाइएको प्रमुख कार्कीले बताए।बन्दाबन्दी लगतै कतिपय कर्मचारी घर गएकाले फर्कन नसकेका र कतिपय क्वारेन्टिनमा रहेकाले समस्या थियो। अहिले यहाँका सबै कर्मचारी नियमित कार्यालय आइरहेका छन् । कार्यालयले आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको प्रमुख कार्कीले बताए।

विगतका वर्षमा सेवाग्राहीले अनुमतिपत्रका लागि परीक्षा पास गरेको वा नवीकरणका लागि राजश्व बुझाएको दुई वर्षसम्म ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका थिएनन्।विगतमा फोटो नबुझिने वा अक्षर नबुझिने भएर कतिपयको पुनःछपाइ भएको थियो। विगतमा कार्यालयमा अनुमतिपत्र मिलाएर नराखेकाले पनि खोज्न बढी समय लागेको प्रमुख कार्कीले बताए। अहिले सकेसम्म मितिअनुसार अनुमतिपत्र चाङ मिलाएर राखिएको छ।

कोभिडका कारण विद्यालय, कलेजलगायत विभिन्न कार्यालय बन्द भएकाले पनि कार्यालयमा सेवाग्राहीको भीड बढेको हुनसक्ने प्रमुख कार्कीको भनाइ छ। सामान्य अवस्थामा फुर्सद नपाएका सेवाग्राही अहिले आइरहेका छन्। सञ्चार माध्यमबाट अहिले विभागले चालक अनुमतिपत्र छापिसकेको खबर पाएकाले पनि सेवाग्राही आइरहेका बताइएको छ।यातायात कार्यालय जस्तै काठमाडौँ उपत्यकाका सेवा प्रदायक विभिन्न संस्थामा संस्थामा सेवाग्राहीको भीड कम हुन सकेको छैन। दशैँ तिहारलगायतका चाडपर्व आइरहेकाले पनि यी कार्यालयमा भीड बढेको छ। सामान्य अवस्थामा बढी भीडभाड हुने कार्यालयमा पर्ने यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, बैंकलगायतमा सेवाग्राहीको भीड देखिन्छ।

अन्य समाचार, बीबीसी । गत महिना सुनको भाउले सबै पुराना कीर्तिमान भङ्ग गर्‍यो। अन्तर्राष्ट्रिय बजारमा यसको भाउ प्रतिआउन्स (करिब २८.३५ ग्राम) २,००० डलरभन्दा माथि पुग्यो।

हुन त यो भाउ सुन व्यापारीहरूका कारण पुगेको थियो तर प्रश्न के उठेको छ भनेः संसारका खानीमा कति सुन बाँकी छ र यो कहिले सकिन्छ? सुनको माग एउटा लगानीको रूपमा, हैसियतको प्रतीकको रूपमा तथा कैयौँ विद्युतीय उपकरणका मुख्य पार्टपुर्जाको रूपमा बढिरहेको छ।
तर यो असीमित वस्तु होइन, एउटा बेला आउनेछ जब सबै सुनखानी रित्तिनेछन्।

धेरै उत्खनन

विज्ञहरूले उच्च उत्खनन बिन्दुको कुरा गर्छन् जब कुनै एक वर्षमा उत्खनन गर्न सकिने उच्चतम परिमाणमा सुन झिकिन्छ। कतिपयको विश्वास छ संसार त्यो बिन्दुमा पुगिसकेको छ।सन् २०१९ मा सुनखानीको कुल उत्पादन ३५३१ टन पुगेको जुन सन् २०१८ मा १ प्रतिशतले कम रहेको विश्व सुन परिषद्ले जनाएको छ। त्यो वर्ष सन् २००८ यता पहिलोपटक उत्पादनमा अघिल्लो वर्षभन्दा कमी आएको थियो।आगामी वर्षहरूमा खानीबाट सुन उत्खननमा केही कमी आएपनि उच्चतम बिन्दुमै पुगिसकेको भन्न अलि चाँडो हुने परिषद्का प्रवक्ता ह्याना ब्र्यान्डस्टेटरले बताए। उच्चतम बिन्दुमा पुगेपनि त्यसको केही वर्षसम्म सुनको वार्षिक उत्पादनमा नाटकीय गिरावट नआउने विज्ञहरू ठान्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *