बिना स्वीकृति फिल्म, म्युजिक भिडियोलगायतमा प्रहरीको पोसाक प्रयोग गर्न नपाइने

काठमाडौं, २२ असोज । फिल्म, टेलिचलचित्र, सर्ट फिल्म, प्र्याङ्क भिडियो, म्युजिक भिडियोलगायत निर्माण गर्दा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक प्रयोग गर्नुपरेमा स्वीकृति लिएर मात्रै प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले विहीबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै फिल्म तथा टेलिचलचित्रलगायतमा प्रहरी पोसाकको दुरुपयोग भइरहेकाले स्वीकृति लिएर मात्रै प्रयोग गर्न आग्रह गरेको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचारप्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौं ।’

त्यस्तै, प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचारप्रसार ईकाईको स्वीकृति नलिईकन कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिन्ह, प्रहरीको मोनोग्राफ प्रयोग नगर्न तथा नगराउन आग्रह पनि गरेको छ ।

विना स्वीकृति प्रहरीको पोसाक प्रयोग भएको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने पनि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *