अञ्जली अधिकारीको नयाँ गीत “पानी मिठो”सार्वजनिक(भिडियो)

काठमाण्डौ – नेपाली लोक तथा दोहोरी गीत संगीत, त्यसमाथि पनि काँठ क्षेत्रका कलाकारहरुमा यस्ता कलाकारहरु पनि छन् , जस्ले बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल रहेता पनि आफ्नो कलालाई अशंख्य श्रोता तथा दर्शकहरु माझ प्रस्तुत गर्नका लागि संयोग जुटाउन सकिरहेका थिएनन् ।

तर यस पटक भने उनले काँठ क्षेत्रको गीत संगीतको बाडी आइरहंदा चुप लागेर बस्न सकेनन् । उनि हुन् बि.बिसी लामा च्यांग्बा । प्रत्यक्ष दोहोरीमा ख्याती कमाई रहंदा उनले आफ्नो पहिलो सांगीतिक कोसेली “पानि मिठो तिन धारा कलको” भर्खरै बजारमा लिएर आएका छन् ।

मौलिक स्वादमा तयार भएको यस गीतमा बि.बि.सी लामा च्यांग्बा र लोकप्रिय गायिका पार्वती कार्कीको सुमधुर स्वर रहेको छ ।नमराज ढुंगाना द्वारा लय सिर्जना भएको यस गीतलाई शब्द पनि गायक स्वयम् बि.बि.सी लामा च्यांग्बा नै तयार गरेका छन् ।

प्रस्तुत गीतलाई सुन्दा र हेर्दा जो कोहीलाई पनि आफ्नै गाउँ वस्ती र कुना कन्दरामा रहेको महसुस हुन सक्दछ । गीतलाई लोकप्रिय कलाकार एच.बि रसाइलीले संगीत संयोजन गरेका छन् । एच.बि को यो संगीत संयोजनलाई सुन्दा अबको दिनमा उनलाई यस क्षेत्रको अत्यन्त ब्यस्त संगीत संयोजनको रुपमा चिन्न सकिने अनुमान गर्न सकिन्छ ।

रामचन्द्र घिमिरेको बिशेष सहयोगमा तयार भएको “पानि मिठो तिन धारा कलको” बोलको गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र अन्जली अधिकारीको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन सन्जिब ठकुरीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *