सुन किन्ने हरुका लागि खुसीको खबर : ३०० किलो आयात ! बढिरहेको सुनको मूल्य एकैचोटी पुरानो मूल्यमा झर्ने।

काठमाडौँ, २२ असोज । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम सुरु भएको छ । शुक्रबारको तुलानामा हिजो आइतबार प्रतितोला ९२ हजार ३ सय कायम भएको सुनको मूल्यमा अझै कमी आउने भएको छ । ‘एनआईसी, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ«े र एनएमबी बैंकले मगाएको ३ सय किलो सुन आउँदो सातासम्म आउने भएको छ । त्यसपछिको २० दिनको लागि सुनको सहज आपूर्ति भई मूल्य केही घट्नेछ’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले भने ।

राष्ट्र बैंकले आयात अत्यधिक बढेकाले अर्थतन्त्रमा नकारात्मक असर पारेका बताउँदै चैत्र १ गतेदेखि सुनको आयातमा रोक लगाएको थियो । उसले चैत २० गतेदेखि बैंकर्स एसोसिएसनको सिफारिसमा वाणिज्य बैंकहरुलाई मात्र सुन आयातको अनुमति खुला गरेको थियो साथै, सुनको भन्सार प्रति १० ग्राम १३० रुपैयाँबाट बढाएर ४७० रुपैयाँ पुर्‍याएको छ ।

त्योअनुसार एसोसिएसनले अघिल्लो साता उल्लेखित बैंकहरूलाई २० दिनको लागि सुन आयात गर्न दिन राष्ट्र बैंकसँग सिफारिस गरेको छ । त्यो सुन आएपछि वैशाखभरको माग धान्नेछ । तर, जेठमा फेरि सुनको अभाव हुने र मूल्य पनि बढ्न सक्ने सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *