सलमान खानसँग विहे गर्ने सुष्मा कार्कीको चाहना (भिडिओसहित)

२५ जेठ । नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूलाई सलमान खानबाहेक अरु कोहीपनि मन नपर्ने स्पष्ट पारिन् ।

नायिका कार्कीले केहि पहिला दुई वर्षअघि गरेको कलाकारको आलो-चनाका कारण यतिबेला वि-वाद खेप्नुपरेको थियो । त्यो आलो-चनालाई हजारौंले टिकटक बनाएर सेयर गरे । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की वि-वादमा परेकी हुन् ।

आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्ब-न्ध बि-गार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी थिइन् ।

एउटा अन्तर्वार्ताका कारण अभिनेत्री पूजा शर्मालगायत कलाकारका अन्य समर्थकले अभिनेत्री सुष्मा कार्कीको सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् । उनले अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै दिएको अन्तर्वार्ताले टिकटक बनाएर प्रचारमा ल्याइएको छ । यसलाई सुष्माले नियो-जित भनेकी हुन् । मेलिना राई र राजेश हमालका प्रशंसकले पनि टिकटकमार्फत सुष्माको अन्तर्वार्तालाई भाइरल बनाएका थिए ।

हाल फेरि सलमानसँग बिहे गर्ने सुष्माको चाहानाले सामाजिक संजालमा चर्चा पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *