पल र आकाशसँग पूजाको रोमान्स !

म्यूजिक भिडियोमा निकै ब्यस्त दुई नायक पल शाह र आकाश श्रेष्ठसँग नायिका पूजा शर्माले एकसाथ काम गरेकी छिन् । नगरकोटका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नायिका पूजा शर्मा नायकद्धय पल र आकाशसँग रोमान्स गरेकी छन् ।

निर्देशक विधान कार्कीलेतीन सफल कलाकारलाई म्यूजिक भिडियोमा उतार्न निकै मेहनत गरेका छन । उनी भिडियोलाई उत्कृष्ट बनाउन लागिपरेका छन् ।

छायांकार उत्सव दाहालको छयाँकन रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको संगीतमा दुर्गा खरेल र अर्जुन पोखरेलको स्वर छ । गायिका दुर्गा खरेलको यो गीतमा ध्रुवप्रसाद अमगाँइको शब्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *