दैबले ठगेका यि आमा छोरा वृद्ध आमा र दृस्टीबिहिन छोराको (भिडियो हेर्नुस्)

गुल्मी । बाबुराम खरेल जन्मे देखि नै आँखा देख्दैनन् । उनको ६८ वर्षकी वृद्ध आमा छन् । परिवारको सदस्यमा यि दुई जना मात्र हुन् । जन्मेदेखि नै दृष्टिबिहीन बाबुरामलाई प्रकृतिले भने एउटा गज्जवको क्षमता दिएको छ । उनी निकै राम्रो गित गाउँछन् । निकै राम्रो श्वरका धनी बाबुराम केही काम गर्न सक्दैनन् । ६८ वर्षकी वृद्ध आमा पनि काम गर्न सक्ने अवस्थामा छैनन् । गुल्मीको यो परिवारको अवस्था देखेर जसको मन पनि पग्लन सक्छ ।

सरकारले दिएको अपागं भत्ता र वृद्ध भत्ताका आधारमा दुई आमाछोराले जिवन चलाएर बसेका छन् । उनको घरमा जाँदा आमा कालिका साँझको लागि छाक टार्न आँटो बनाउन लागेकी थिइन् । मकैको भात खान उनले मकैको आँटो तयार पारेकी हुन् । छोराले आँखा नदेख्ने भएकाले यो वृद्ध अवस्थामा पनि आमालाई कामको बोध छुटेको छैन । दिनदिनै हिड्ने भएकाले आँखा नदेख्ने बाबुराम पनि भिर पाखामा छाम्दै हिड्छन् । बसेको घर पनि गोठ भन्दा राम्रो छैन ।

मुस्किलले पानी र घाम मात्र छेक्छ । मुस्किलले टाउको मात्र छिराउन मिल्ने ठाउँमा विस्तरा लगाएको छ । आँखा नदेखेपनि उनै बाबुरामले लठ्ठीको सहारा लिएर भित्र वाहिर गर्ने गर्छन । भिरपाखा परेको बाटो छ । घरको माथिल्लो तलामा जान पनि निकै मुस्किल छ । भुकम्पले घर भत्काएपछि उनहरु यो ठाउँमा आएर बसेका हुन् ।

श्रीमान वितेको पनि २० वर्ष भइसक्यो । बारी छ त्यसैवाट आएको मकैको परिकार खाएर जिवन धान्ने गरेका छन् । सरकारले दिएको वृद्धभत्ताले सहयोग भएको आमाले बताइन् । खेतबारीको काम पनि गर्न नसक्ने दुवै जनाको जिवन अब कसरी चलाउने भनेर उनीहरुलाई चिन्ता परेको छ । वृद्ध आमालाई खोकीले सताएको छ । अहिले कोरोनाका कारण औषधि पनि किन्न पाएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *