शरीरका यी अंगमा गाँठो देखिएमा सर्तक रहनुहोस्,नत्र लिनसक्छ ज्यान

काठमाडौँ । गाँठोलाई सिस्ट पनि भन्ने गरिन्छ । यो शरीरको कुनै पनि हिस्सामा हुनसक्छ । कुनै गाँठो यस्तो हुन्छन् जुन जन्म बाटै निस्किेका हुन्छन् । जुन आफै ठिक हुन्छ तर चोट लागेमा,मोटापा,या कुनै तरहको संक्रमणबाट हुने गर्दछ । यदि तपाईको शरीरमा पनि कुनै प्रकारको गाँठो छ भने यसलाई अनदेखा नगर्नुहोला । कुनै गाँठो ले क्यान्सरसम्म हुने खतरा दिन्छ । जसले हाम्रो ज्यान जाने सम्भावना पनि हुन्छ । यदिद तपाईको शरीरमा कुनै गाँठो छ भने तुरुन्त डाक्टरको सल्लाह लिनुहोला ।

यी कारणले बन्दछ शरीरमा गाँठो
वंशाणुको कारणले पनि गाँठो सम्बन्धि समस्या हुनसक्छ । यानी यदि तपाईको आमा बुबा मध्ये कसैलाई पनि यो समस्या छ भने बच्चालाई पनि त्यस्तै समस्या उत्पन्न हुने आशंका ५० प्रतिशत भन्दा बढी हुन्छ । अझ बढी बच्चाले यस कुरामा ख्याल गर्नुपर्छ । यदि बच्चमा कुनै गाँठोको समस्या देखिएमा तुरुन्त शिशु रोग विशेषज्ञको मा गई परामर्श लिनैपर्ने हुन्छ ।

टाउको मा र पेटको तल्लो हिस्सा अत्याधिक दुख्नु
गाँठो शरीरको माथिल्लो हिस्सामा मात्रै होइन पेटको तल्लो हिस्सामा पनि आउने सम्भावना हुन्छ । यदि तपाईको टाउकोमा गाँठो आएको छ भने टाउको बहुतै दुख्ने गर्छ । ओवेरियन सिस्ट हुँदा पेटको नाइटोमा अत्याधिक मात्रामा दुख्ने,यदि फोक्सोमा गाँठो भए सास लिन गाह्रो हुने गर्दछ ।

सुगर लेवल नियमित जाँच गर्नुहोस्
डायबिटीजका बिमारीलाई पीठ्उमा गाँठो बन्ने र महिलाको स्तनमा पनि गाँठो आउने आशंका अधिक मात्रामा हुन्छ । त्यसैले नियमित रुपमा सुगर लेवल जाँच गराइराख्नुपर्दछ ।

स्रोत (दैनिक भास्कर)हिन्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *