दशैँमा गाउँघर आवतजावत नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले काठमाडौंमा कोरोना संक्रमण बढिरहेकाले यस वर्षको दशैँमा गाउँघर आवत जावत नगर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । मन्त्रिपरिषद् वैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीले संक्रमणबाट जोगिन यस वर्ष जो जहाँ छौ,त्यही बसेर दशैँ मनाउन सबैलाई आग्रह गर्नुभयो ।

दशैँ मनाउन गाउँघर जाँदा कोरोना संक्रमण पनि सँगै ओहोरदोहोर गर्ने भएकाले आफ्ना अभिभावकहरु उच्च जोखिममा रहने हुँदा यसतर्फ सचेत रहनुपर्ने उहाँको भनाई छ ।

दशैमा परिवारिक जमघट गर्ने, पारिवारिक पुर्नमिलन गर्ने, आफुभन्दा ठुलाको हातबाट टिका लगाई आशिर्वाद लिने भएपनि यसवर्ष परिस्थिति सामान्य नरहेकाले जो जहाँ छौ, सोही स्थानबाट आशिर्वाद लिन सबैलाई आग्रह गर्नुभयो । पहिला स्वस्थ होऔं,दशैँ त अर्काे वर्षपनि आइहाल्छ,उहाँले भन्नुभयो,’आफ्नो आशिर्वादलाई जोगाऔं,हाम्रो आशिर्वाद भनेको हाम्रा अभिभावकहरु हुन् । ‘

यो पनि….

कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।

यस्ता छन् फाइदा-

१.रोग प्रतिरोधात्मक क्षमता बढ्छ । जिवाणुरोधी, एन्टिभाइरल, एन्टीफंगल जस्ता गुणहरु भएकाले यसको सेवन गर्दा फ्लु, चिसो, खोकी जस्ता समस्याहरु निको हुन्छन् ।

२. बेसार हालेको दूधले शरीरका अंगहरु सुन्निने समस्या पनि कम गर्छ । यसका साथै यसले गाँठागुठी दुख्ने समस्या पनि कम गर्छ ।

३. यदि कुनै पनि कारणले शरीरको बाहिरी र भित्री अंगमा चोटपटक लागेको छ भने दूधमा बेसार मिसाएर पिउँदा घाउ छिटो निको हुन्छ । यसमा भएको एन्टीब्याक्टेरियल र एन्टिसेप्टिक गुणले ब्याक्टेरियाहरुलाई शरीरमा फैलन दिँदैन ।

४.बेसार भएको दूधले दिमागलाई समेत बलियो बनाउँछ । यसले स्मरण शक्तिमा सुधार ल्याउँछ । साथै, मिठो निन्द्राका लागि पनि यो फाइदाजनक छ । केही अनुसन्धानमा उल्लेख भएअनुसार बेसारले दिमागको कार्योँमा प्रभाव पार्ने भएकाले रातिमा दूध र बेसार मिसाएर पिउँदा निद्रा नलाग्ने समस्याबाट छुटकारा दिलाउँछ ।

५. बेसार भएको दूधले हर्मोनको असन्तुलनलाई समेत सन्तुलन कायम राख्न सहयोग गर्छ । जुन महिलामा अनियमित महिनावारीको समस्या छ ति महिलाहरुका लागि पनि लाभदायी हुन्छ । यस्तै, बेसारले अनुहारमा भएका दाग धब्बा समेत हटाउन सहयोग गर्छ ।

६. बेसार भएको दूधले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । साथै टाइप २ मधुमेहका रोगीहरुका लागि रगतमा चिनीको मात्रा घटाउन समेत मद्दत गर्छ । साथै, यसले क्यान्सरको जोखिम समेत कम गराउँछ ।

७. बेसार भएको दूधले पाचन प्रक्रियालाई समेत बलियो बनाउँछ । एसिडिटी कम गराउँछ । दूधमा धेरै बेसार मिसाउन भने हुँदैन । त्यसैले सानो चम्चाको एक चम्चा बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

८. बेसार भएको दूधमा थोरै मरिचको धुलो मिसाएर पिउँदा घाँटीमा आउने समस्या समेत कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *