थप २१३ जनामा कोरोना पुष्टि, कर्णाली प्रदेशमा ५४ जना

काठमाडौं, २५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २१३ संक्रमित थपिएका छन्। आइतवार भएको प्रेस व्रिफिगंको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो कुरा बताएका हुन् । आइतवार कर्णाली प्रदेशमा मात्र ५४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभाग प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं १, ३,४, ५, ६ र ७ का २५ जना पुरुष र एकजना महिला रहेका छन् भने कुमाख गाउँपालिका-३ का २ जना पुरुषमा संक्रमण पुष्टि भएकोको छ ।

यस्तै, सुर्खेतको बराहाताल गाउँपालिका वडानम्बर १ र २ का दुई पुरुष, भेरीगंगा नगरपालिका वडानम्बर २ का दुईजना पुरुष, वीरेन्द्रनगर नगरपालिका २ का दुईजना पुरुष, चौकुने गाउँपालिका वडानम्बर ७ र ८ का दुईजना पुरुष, लेकबेसी नगरपालिका वडानम्बर १, ३, ४ र ९ का ६ जना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर ३ र ९ का पाँचजना पुरुष र एकजना तीन वर्षीया बालिका रहेका छन् । दैलेख र कालीकोटमा पनि ३र३ जनामा पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *