डा. केसीको अनशनप्रति प्रधानमन्त्री ओलीको चासो, माग पूरा गर्न वार्ता सुरु

१९औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको माग सम्बोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारसहित विभिन्न ६ बुँदे माग राखेर डा. केसी अनशन बसेको मंगलबार २३औँ दिन पुगेको छ । गत भदौ २९ गतेबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चौतर्फी रुपमा सरकारमाथि दबाब सृजना भएको छ।

यही बेला मंगलबार बसेको सत्तारुढ नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई डा. केसीको जीवनरक्षाबारे सदस्यहरुले चासो राखेका छन् । अनशन बसेको तीन हप्तापछि सत्तारुढ दलको बैठकमा डा. केसीबारे छलफल भएको हो। सदस्यहरुले डा. केसीको अनशन र उनको जीवनरक्षाबारे जिज्ञासा राखेपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यसबारे आफूले चासोका साथ काम अघि बढाएको जानकारी गराएका हुन् । उनले डा. केसीको माग सम्बोधन गर्न सरकारले वार्ता सुरु गरेको बैठकलाई जानकारीसमेत गराएका छन्।

बैठकको अधिकांश समय डा. केसीबारे खर्चेका नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षाका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । जवाफमा ओलीले आफूले आवश्यक रुपमा पहल गरिरहेको जानकारी दिए। शिक्षा सचिव गोपीनाथ मैनालीलाई कुरा गर्न डा. केसीकहाँ पठाएको र डा. केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने जवाफ दिएको बैठकमा प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका छन्।

नेकपा सचिवालय बैठक बस्नुअघि मंगलबार शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोली डा. केसीलाई भेट्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेको थियो। साथै बैठक बस्नु अघि सचिवालय सदस्य तथा वरिष्ठ नेता पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले डा. केसीको जीवनरक्षा गर्न सरकारले पहल थाल्नुपर्ने बताएका थिए। मंगलबार बसेको नेकपा सचिवालय बैठकले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ।

यो पनि…

कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।

यस्ता छन् फाइदा-

१.रोग प्रतिरोधात्मक क्षमता बढ्छ । जिवाणुरोधी, एन्टिभाइरल, एन्टीफंगल जस्ता गुणहरु भएकाले यसको सेवन गर्दा फ्लु, चिसो, खोकी जस्ता समस्याहरु निको हुन्छन् ।

२. बेसार हालेको दूधले शरीरका अंगहरु सुन्निने समस्या पनि कम गर्छ । यसका साथै यसले गाँठागुठी दुख्ने समस्या पनि कम गर्छ ।

३. यदि कुनै पनि कारणले शरीरको बाहिरी र भित्री अंगमा चोटपटक लागेको छ भने दूधमा बेसार मिसाएर पिउँदा घाउ छिटो निको हुन्छ । यसमा भएको एन्टीब्याक्टेरियल र एन्टिसेप्टिक गुणले ब्याक्टेरियाहरुलाई शरीरमा फैलन दिँदैन ।

४.बेसार भएको दूधले दिमागलाई समेत बलियो बनाउँछ । यसले स्मरण शक्तिमा सुधार ल्याउँछ । साथै, मिठो निन्द्राका लागि पनि यो फाइदाजनक छ । केही अनुसन्धानमा उल्लेख भएअनुसार बेसारले दिमागको कार्योँमा प्रभाव पार्ने भएकाले रातिमा दूध र बेसार मिसाएर पिउँदा निद्रा नलाग्ने समस्याबाट छुटकारा दिलाउँछ ।

५. बेसार भएको दूधले हर्मोनको असन्तुलनलाई समेत सन्तुलन कायम राख्न सहयोग गर्छ । जुन महिलामा अनियमित महिनावारीको समस्या छ ति महिलाहरुका लागि पनि लाभदायी हुन्छ । यस्तै, बेसारले अनुहारमा भएका दाग धब्बा समेत हटाउन सहयोग गर्छ ।

६. बेसार भएको दूधले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । साथै टाइप २ मधुमेहका रोगीहरुका लागि रगतमा चिनीको मात्रा घटाउन समेत मद्दत गर्छ । साथै, यसले क्यान्सरको जोखिम समेत कम गराउँछ ।

७. बेसार भएको दूधले पाचन प्रक्रियालाई समेत बलियो बनाउँछ । एसिडिटी कम गराउँछ । दूधमा धेरै बेसार मिसाउन भने हुँदैन । त्यसैले सानो चम्चाको एक चम्चा बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

८. बेसार भएको दूधमा थोरै मरिचको धुलो मिसाएर पिउँदा घाँटीमा आउने समस्या समेत कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *