गाडी भाडा धेरै लिने ५ जना पक्राउ !
काठमाडौं । चाडपर्व नजिक आएसँगै महानगरीय ट्राफिक प्रहरी महा शाखाले सक्रियता बढाएको छ । चाड पर्व लक्षित विशेष अप्रेसन थालेको सुरु गरेको ट्राफिक प्रहरीले उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा लिई टिकट का’ट्ने ५ जना व्यक्तिलाई प क्रा’उ गरेको छ ।
कोटेश्वर एरियाको काउन्टरबाट बिमल खत्री र किरण पौडेल तथा बल्खुबाट जितेन्द्र शाह, मदन भुजेल र धर्मेन्द्र यादवलाई प क्रा’उ गरिएको महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चाड पर्वलाई मध्यनजर गरी सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने वि’रुद्ध का’रवाही चलाएको जानकारी दिए।
ढकालले यात्रु ठ’गीका घ’टना रोक्न विशेष अभियान चलाइएको तर प्रहरीको आँखा छलेर ठ’गीमा परिएको स्वयम् यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै का’रबाही गर्ने पनि बताएका छन् । ट्राफिक प्रहरीले पी’डित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । प क्रा’उ पर्ने व्यक्तिहरूलाई आवश्यक का’रवा’हीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ ।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रु सँग जानकारी लिएर का’रवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टि’कट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई का’रवा’हीको दायरामा ल्याइएको ढकालको भनाइ छ ।