गायक प्रमोद खरेल वि’रुद्ध १ करोड क्ष’तिपूर्ति माग गर्दै मु’द्धा दर्ता
पोखरा । गायक प्रमोद खरेल वि’रुद्ध रु १ करोड क्ष’तिपूर्ति माग गर्दै मु’द्धा दर्ता भएको छ । सर्जक तथा विन्दवासिनी म्युजिक संचालक सुवार रेग्मीले गायक खरेल वि’रुद्ध ट्र्याकहरु अनुमतिबीना प्रयोग गरेको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा शुक्रवार मु’द्दा दायर गराएका हुन्।
‘म प्रोड्युसर रहेको/मेरो लगानि भएको अनि मैले लेखेको गीतहरूको ट्रयाक, मेरो अनुमति बिना बर्षौ देखी प्रयोग गरि मनग्य आर्थिक उपार्जन गरि मेरो प्रतिलिपि अधिकार एवं आर्थिक अधिकार हनन् गरेका कारण रू एक करोड क्ष’तिपूर्ति दिलाई भराई पाऊनको लागि नेपाल प्रतिलिपि रजिस्ट्रारको कार्यालयमा गायक प्रमोद खरेल बि’रूद्ध आज निबेदन दिएको छु,उनले भनेका छन् ।
उनले प्रचलित नेपाल का’नून बमोजिम दो’षिलाई द’न्डीत गरि पि’डीतलाई न्याय दिलाई पाऊन अदालतमा रि’ट दायर गर्ने प्रकृयाको शुरूवात समेत गरेको बताए ।
‘प्रमोद जीलाई नेपाली गित संगीतमा जन्म दिएको बिन्ध्यबासिनीले हो,आफुलाइ जन्म दिएको आमालाई नरुवाउनु होला’ , उनले भने ।
लोकप्रिय गायकले नै ठूलो कम्पनीका ट्र्याकहरु अनुमति बिना प्रयोग गर्नु ल’ज्जास्पद रहेको रेग्मीको भनाइ छ ।
यो पनि…
कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।
यस्ता छन् फाइदा-
१.रोग प्रतिरोधात्मक क्षमता बढ्छ । जिवाणुरोधी, एन्टिभाइरल, एन्टीफंगल जस्ता गुणहरु भएकाले यसको सेवन गर्दा फ्लु, चिसो, खोकी जस्ता समस्याहरु निको हुन्छन् ।
२. बेसार हालेको दूधले शरीरका अंगहरु सुन्निने समस्या पनि कम गर्छ । यसका साथै यसले गाँठागुठी दुख्ने समस्या पनि कम गर्छ ।
३. यदि कुनै पनि कारणले शरीरको बाहिरी र भित्री अंगमा चोटपटक लागेको छ भने दूधमा बेसार मिसाएर पिउँदा घाउ छिटो निको हुन्छ । यसमा भएको एन्टीब्याक्टेरियल र एन्टिसेप्टिक गुणले ब्याक्टेरियाहरुलाई शरीरमा फैलन दिँदैन ।
४.बेसार भएको दूधले दिमागलाई समेत बलियो बनाउँछ । यसले स्मरण शक्तिमा सुधार ल्याउँछ । साथै, मिठो निन्द्राका लागि पनि यो फाइदाजनक छ । केही अनुसन्धानमा उल्लेख भएअनुसार बेसारले दिमागको कार्योँमा प्रभाव पार्ने भएकाले रातिमा दूध र बेसार मिसाएर पिउँदा निद्रा नलाग्ने समस्याबाट छुटकारा दिलाउँछ ।
५. बेसार भएको दूधले हर्मोनको असन्तुलनलाई समेत सन्तुलन कायम राख्न सहयोग गर्छ । जुन महिलामा अनियमित महिनावारीको समस्या छ ति महिलाहरुका लागि पनि लाभदायी हुन्छ । यस्तै, बेसारले अनुहारमा भएका दाग धब्बा समेत हटाउन सहयोग गर्छ ।
६. बेसार भएको दूधले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । साथै टाइप २ मधुमेहका रोगीहरुका लागि रगतमा चिनीको मात्रा घटाउन समेत मद्दत गर्छ । साथै, यसले क्यान्सरको जोखिम समेत कम गराउँछ ।
७. बेसार भएको दूधले पाचन प्रक्रियालाई समेत बलियो बनाउँछ । एसिडिटी कम गराउँछ । दूधमा धेरै बेसार मिसाउन भने हुँदैन । त्यसैले सानो चम्चाको एक चम्चा बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
८. बेसार भएको दूधमा थोरै मरिचको धुलो मिसाएर पिउँदा घाँटीमा आउने समस्या समेत कम हुन्छ ।