‘हिरो ग्ल्यामर’ नेपाली बजारमा, मुल्य कति ?

काठमाडौं। हिरो मोटोकर्पले नेपालमा आफ्नो उत्पादनको सूचीमा थप बढोत्तरी गरेको छ । युवामय एवं आधुनिक उत्पादनको सूचीप्रतिको आफ्नो प्रतिबद्धतालाई विस्तार गर्दै हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई अब एक नयाँ अवतारमा पेश गरेको हो।

अद्यावधिक गरिएको सुपर स्प्लेण्डर मोटरसाइकल प्रस्तुत गरे लगत्तै कम्पनीले बहु–उपयोगी तथा स्टाइलिस हिरो ग्ल्यामर बजारमा उपलब्ध गराएको छ।

जसको बजार मूल्य हाललाई दुई लाख २० हजार रुपैयाँ कायम गरिएको छ । यो नयाँ मोटरसाइकल नेपालभर सबै प्रमुख सहरहरुमा रहेको हिरो डिलरसिपकहाँ असोज २३ अर्थात् बिहीबारबाट बिक्रीको लागि उपलब्ध हुनेछ । विश्वसनीय कार्य क्षमता एवं अद्भुत सवारी अनुभवसँगै स्टाइलिस नयाँ विशेषताहरुको संयोजनले भरपूर यो नयाँ ग्ल्यामरमा आइबिएस (एकीकृत ब्रेकिङ्ग प्रणाली) जस्तो सुरक्षात्मक विधि थप गरिएको कम्पनीले जनाएको छ।

आईबीएसको सुरक्षाले गर्दा चालकलाई समग्र भूभागहरुमा आराम र वास्तविक सडकको उपस्थितिका साथ दिनभर बाधा अड्चनहरु पर गर्न मद्दत पुग्ने कम्पनीको भनाइ छ। यसको स्टाइल उपलब्धि र चमत्कारी स्वरुपमा थप गरिएका अन्य विशेषताहरुमा थ्रीडी ब्राण्डिङ्ग प्रतिरुप, नवीनतम धर्काहरु, स्प्लिट रियर ग्रिप, हगर फेण्डर र रिम टेपहरुका साथाथै यूएसबी चार्जर पनि रहेका छन्।

भारतको जयपुर, राजस्थानमा रहेको हिरो मोटोकर्पको विश्वस्तरीय आरएण्डडी केन्द्र, ‘अनुसन्धान तथा प्रविधि केन्द्र’ (सीआईटी)ले यो नयाँ हिरो ग्ल्यामरको डिजाइन तथा विकास गरेको हो।

नेपालमा हाल हिरोका उत्पादनहरुमा एक्सपल्स २००, एक्सपल्स २००टी, एक्स्ट्रिम २००आर, एक्स्ट्रिम स्पोर्ट्स, एचिभर १५०, एचएफ डिलक्स, स्प्लेण्डर प्लस, स्प्लेण्डर आइस्मार्ट ११०, सुपर स्प्लेण्डर मोटरसाइकलहरु र डेस्टिनी, प्लिजर, प्लिजर प्लस, डुएट, मेएस्त्रो एज् स्कूटरहरु रहका छन् । हिरो मोटोकर्पले नेपालमा सन् २०१० देखि नेपाल जनरल मार्केटिङ्ग लिमिटेड (एनजीएम) सँग मिलेर आफ्नो उत्पादनको बिक्री प्रारम्भ गरेको हो।

एनजीएम हिरो मोटोकर्पको नेपालको लागि एकमात्र आधिकारिक वितरक हो । हिरोले आफ्ना ग्राहकहरुलाई नेपालमा रहेका २५० सम्पर्क स्थलहरु लगायत ७२ डिलरसिप, ८२ सर्भिस केन्द्रहरु र १०० भन्दा धेरै स्पेयर पार्ट बिक्री केन्द्रहरुको वृहत् सञ्जालमार्फत गुणस्तरीय सेवाप्रदान गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *