डेरा भाडा तिर्न नसक्दा ओडारको बास

अमरराज नहर्की
तनहुँ, १६ असोज । व्यास नगरपालिका–२ अमरापुरी, पानीघट्टा स्थित ओडारमा शुक्रबार विहान मानिसहरुको चहलपहल थियो । ओडार भित्र एक परिवार आएर वसेपछि उनीहरुको अवस्थाबारे चासो राख्नेको भीड बढिरहेको थियो ।

ओडारमा बस्ने परिवारमा व्यास नगरपालिका–८ पाथ्रा स्थायी घर भई हाल दमौलीमा दैनिक ज्यालादारीमा काम गर्दै आएका मनवीर गुरुङ, उनको श्रीमती उदासिया , छोरो २० वर्षिय गणेश र १३ वर्षिया छोरी पूजा रहेका छन् । ओडारमा उदासिया र गणेश निस्तो भात खाईरहेका थिए । उनीहरुको दुःख देखेर केही व्यक्तिहरु गोजीबाट पैसा निकाल्दै सहयोग पनि गरिरहेका थिए ।

कोभिड–१९ को संक्रमणले भएको पटक–पटक बन्दले काम नपाएकाले समस्या परेको मनवीरको भनाई थियो । ‘दैनिक ज्यालादारीमा भारी बोक्ने लगायतको काम गरेर जीवन यापन गरेका थियौं तर हाल भनेको बेला काम नपाइएकाले ओडारमा बस्नु परेको छ ।’ उदासियाले भनिन् । डेरा भाडा तिर्न नसक्दा उदासिया गुरुङको परिवार ओडारमा आएर बस्न बाध्य भएको सो ठाउँ स्थित पुल्चोक टोलविकास सस्थाका अध्यक्ष कर्णबहादुर खड्काले जानकारी दिए । ‘स्थानीय मोती कुमार जोशीको घरमा डेरा गरी बसेका थिए, आम्दानी नभएकाले लामो समय देखि भाडा तिर्न नसक्दा कोठा छाड्न बाध्य भए, एक जना शारीरिक रुपमा अपाङ समेत भएकोले समस्या परेको छ ।’ खड्काले भने ।

‘जङ्गली जीवन विताउँदै आएका कुसुण्डा, राउटेले जङ्ग छाडिसके तर उनीहरु ओडारमा बसेपछि हामीलाई नरमाईलो लागि रहेको छ ।’ पुल्चोक निवासी डा.एचबी क्षत्रीले भने, स्थानीय वासिन्दाले दिएको अन्न चामलको भरमा उनिहरुको जीवन चल्दैन सरकारको विशेष ध्यान जान जरुरी छ’ । गरीवि गर्दा छोरी पूजा गुरुङको पढाई पनि अबरुद्ध भएको सोही ठाउँ निवासी राधा बस्न्यातले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *