दुबईमा क्यान्सरको उपचार गराइरहेका छन् सञ्जय दत्त, फ्यान चिन्तित

मुम्बई – बलिउड कलाकार सञ्जय दत्तलाई क्यान्सर भएको केही समयअघि सार्वजनिक भएको थियो । ‘सञ्जु बाबा’ का नामले परिचित सञ्जयले यसबारेमा फ्यानलाई जानकारी गराएका थिए ।

उनलाई चौथो चरणको क्यान्सर भएको छ । उनी यतिबेला दुबईमा उपचार गराइरहेका छन् ।

सञ्जयका फ्यान विश्वभर फैलिएका छन् । हालै एक फ्यानले उनको फोटो शेयर गरेका छन् । उक्त तस्वीर सार्वजनिक भएपछि सञ्जयका फ्यान चिन्तित भएका छन् । किनकि, सार्वजनिक भएका तस्वीरमा सञ्जय बिरामीजस्ता देखिन्छन् ।

फ्यानले सञ्जय दत्तको फोटो शेयर गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

पछिल्लो रिपोर्टअनुसार सञ्जय दुब्ला देखिएका छन् भने उनको अनुहार फ्रेस पनि देखिएको छैन । सञ्जयको उपचारका क्रममा उनको केमो सेक्सन चलिरहेको छ । जसकारण सञ्जयको तौल कम भएको छ ।

सञ्जयले आफ्ना् फिल्मको शूटिङ पूरा गरेर उपचार थालेका थिए । क्यान्सर देखिएपछि उनले केही समय कामबाट समेत विदा लिएका थिए ।

पछि सञ्जय आफ्नो बाँकी फिल्मको शूटिङ थालेर परिवारका साथ दुबई उडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *