काठमाडौंमा कोरोनाले भयावहको अवस्थामा पुगेको मन्त्रालयको निष्कर्ष, फेरी लकडाउन गर्नेवारे छलफल

काठमाडौ । काठमाडौ उपत्यकामा दिनहुँ डरलाग्दो तरिकाले संक्रमितको संख्या थपिएको छ । दिनहुँ संक्रमितको संख्या बढेसंगै फेरी लकडाउन गर्नेवारे स्वास्थ्य मन्त्रालयले छलफल थालेको छ । ब्यवसाय र दैनिक जनजिवन प्रभावित भएपछि लामो समय देखि जारी लकडाउन र निषेधाज्ञा हटाएपनि कोरोना संक्रमितको संख्या भने निकै बढेको छ । सुरक्षा सजगता नअपनाउँदा कोरोना संक्रमितको संख्या बढेको हो ।

दिनहुँ डरलाग्दो तरिकाले संक्रमितमो संख्या बढेपछि फेरि लकडाउनका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल थालेको हो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएका कारण संक्रमित बढेपछि फेरी लकडाउन गर्ने मनस्थितिमा सरकार पुगेको छ । उपत्यकामा दैनिक १ हजार ५ सय भन्दा धेरै संक्रमित थपिन थालेका छन् ।

निरन्तर संक्रमित बढेपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले विभिन्न विकल्पका बारेमा छलफल थालेको हो । छलफलका क्रममा सुरक्षा मापदण्ड नअपनाइएको निष्कर्ष निकाल्दै पुन लकडाउन गर्नुपर्ने विकल्पका बारेमा पनि छलफल भएको छ । सर्वसाधारणले स्वास्थ्य मन्त्रालयवाट जारी सुरक्षा मापदण्ड नअपनाउँदा संक्रमितको संख्या थपिदै गएको निष्कर्ष मन्त्रालयले निकालेको हो ।

मन्त्रालयले उपत्यकाका प्राय सबे अस्पताल संक्रीमतले भरिएको र अब थप संक्रमितका लागि राख्ने बेड खाली नभएको हुँदा लकडाउन नै विकल्प हो भन्ने निष्कर्षमा पुगेको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा अवस्था थप भयावहको अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।

मन्त्रालयले लकडाउन नै कोरोनाको गति रोक्ने मुख्यमाध्यम भएको निष्कर्ष निकाले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल भने सकभर लकडाउन नगर्ने पक्षमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *