उपत्यकामा आउजाउ बढ्यो, को’रोना गाउँगाउँ विनाशको आशंका

काठमाडौँ, २० असोज । दशैँको पूर्वसन्ध्यामा काठमाडौँबाट उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८०० देखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन् । सोही सङ्ख्यामा दैनिक रुपमा सवारी साधनहरु बाहिरिने क्रम छ ।

विगतका वर्षहरुमा दशँै आउनुभन्दा १५ दिन अघिदेखि नै ५० हजारदेखि ६० हजारसम्म दैनिक रुपमा उपत्यका छाड्ने गरेका थिए । तर यो वर्ष दैनिक १६ हजारदेखि १८ हजारसम्मले उपत्यका छाडिरहेका छन् । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार केही दिनदेखि काठमाडौँ उपत्यकामा भित्रनेभन्दा बाहिरिनेको सङ्ख्या बढेको छ ।

तर यो सङ्ख्या शनिबारको रहेको र यो साता नियमित रुपमा संख्या गणना गरेपछि सङ्ख्याबारे थाहा हुने एसएसपी ढकालले बताउनुभयो। ‘केही दिनअघिसम्म दैनिक उपत्यका छाड्नेभन्दा भित्रनेको सङ्ख्यामा वृद्धि भएको थियो अहिले बाहिरिनेको सङ्ख्या बढेको छ’ एसएसपी ढकालले भन्नुभयो । उहाँका अनुसार अहिले उपत्यका भित्रने र बाहिरिने सवारी साधनको सङ्ख्या बराबार जस्तै देखिए पनि बाहिरिने सवारी साधनको सङ्ख्या केही दिनदेखि बढेको छ ।

अहिले दैनिक चार हजार ८०० सम्म उप’त्यकामा सवारी साधन प्रवेश गरेका छन् भने सोही सङ्ख्यामा उपत्यका बाहिरिने पनि छन् । अघिल्ला वर्षहरुमा यही समयमा दैनिक ६० हजार मानिस उपत्यका भित्रने र ६० हजार बाहिरिने गरेका थिए । उपत्यकामा अझै जोर बिजोर प्रणाली रहेको र त्यसकोे अवज्ञा गरेर सवारी साधन सञ्चालन गर्नेलाई कारबाही भइरहेको उहाँले बताउनुभयो ।

‘अहिले पनि दैनिक हामीले एक हजार ५०० देखि दुईहजार सवारी साधनलाई कारबाही गरेका छौँ’ एसएसपी ढकालले भन्नुभयो। एकातिर को’रोनाको जो’खिम अर्कोतिर ठूला चाडपर्व मुखमा रहेको समयमा ट्राफिक व्यवस्थापन गर्न प्रहरी सक्रिय रहेको बताउँदै दैनिक जोर बिजोर नमान्ने तथा ट्राफिक नियम पालना नगर्ने दुई हजारसम्म सवारी साधनहरुलाई का’रबा’ही गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

यातायात व्यवसायीहरुले यो वर्ष अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् भने यात्रु नभएको भन्दै धेरै सार्वजनिक यातायातलाई आलोपालो चलाएका छन। पोहोर यही समयमा हजाराँै सवारी साधन उपत्यकाबाट बाहिरिने गरेका थिए । यो वर्ष मुस्किलले लामो रुटका केही सङख्यामा मात्रै सार्वजनिक सवारी साधन यात्रु बोकेर बाहिरिने गरेको यातायात व्यवसायी बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

त्यस्तै,प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ। प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

यस साझेदारी अनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिग र इन्टरनेट बैंकिंग सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लाेड गरिएको रकमबाट यसकाे प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयाेग गर्न सक्छन् ।

यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन्। प्रभु बैंक नेपालका क बर्गकाे बैंकमध्ये एक हाे । बैंकले आफ्ना २०८ शाखा, ४६ एक्सटेन्सन काउन्टर र १५५ एटीएम नेटवर्कबाट बैंकिग सेवा प्रदान गरिरहेकाे छ । बैंकका १४ लाखभन्दा बढी ग्राहक छन्।

सम्झाेता अनुसार बैंकले स्प्यारो पेलाई भिएम (भर्चुअल मेसिन) उपलब्ध गराउने छ । जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिग माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ । स्प्याराेलले बैंकका विभिन्न माध्यमहरू बैंक बाइन्डिग (बैंक खाता लिंक गर्ने) , ई-बैंकिंग, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट आदानप्रदानका लागि ‘लोड खल्ती’ सेवा उपलब्ध गराउने छ।

‘खल्ती’ डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथसाथै खल्तीबाट रेमिट्यान्स पाउन र पठाउन अनि कर्जाको फाराम समेत भर्न सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *