डा.केसीको जीवनरक्षाको माग्दै शिक्षण अस्पतालका चिकित्सकहरु आ’न्दोलित

काठमाडौँ, १९ असोज । अ’नशनरत डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालका चिकित्सकहरुले प्रदर्शन गरेका छन् । सोमबार अस्पताल परिसरमा चिकित्सकहरुले प्रा.डा. केसीको समर्थनमा प्रदर्शन गर्दै डा केसीको माग पूरा गर्न सरकारलाई दबाब दिएका हुन् ।

चिकित्सकहरुले ’डा केसी व्यक्ति होइन आवाज हुन ’ सरकार सुतेको र डा. केसी जागेको २२ औँ दिन’ ’राम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा.केसीको साथमा’ ’गोविन्द केसीको जीवन रक्षा गर’ ’सरकारको नैतिकता गायब भयो’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । डा. केसीले १९औं अनसन सुरु गरेको आइतबार २२ दिन पुगेको छ।

उनले गत भदौ २९ गते जुम्लाबाट अनसन सुरु गरेका थिए। डा केसीको स्वास्थ्य अवस्था झन् जटिल हुन थालेको छ । डा. केसीलाई स्वास फेर्न गाह्रो भएपछि अक्सिजन सपोर्टमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन। उनलाई छाती दुख्ने र स्वास फेर्न गाह्रो भएपछि आइतबार अक्सिजन सपोर्टमा राखिएको डा तोसिमा कार्कीले जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *