यी अभिनेतासँग विवाह गर्दै नेहा कक्कड
काठमाडौं – बलिउडकी चर्चित गायिका हुन् नेहा कक्कड । दर्जनौ गीतहरु गाएर चर्चामा आएकी नेहा अहिले प्रेममा छिन् । भारतिय मिडियाका अनुसार उनको विवाहको पनि तय भइसकेको छ ।
उनी केही समयदेखी पंजाबी गायक र अभिनेता रोहनप्रीत सिंहसँग प्रेममा छिन् । रोहनप्रीत रियलिटी शो राइजिंग स्टार २ का रनर-अप हुन् । उनी शो मुझसे शादी करोगेमा पनि देखा परेका थिए ।
रिपोर्टका अनुसार नेहा र रोहनप्रीत केहि महिना अघि म्युजिक भिडियो डायमंड दा छल्लाको सेटमा भेटेका थिए। केहि महिनाअघि एक अर्कासँगको डेटको क्रममा विवाह गर्ने फैसला गरेको बताइएको छ ।
भारतिय मिडियाका अनुसारु यी दुईले मुम्बईमा २४ अक्टोबरमा विवाह गर्न सक्ने बताइएको छ । दुवैले केहि दिनअघि सामाजिक सञ्जालमा आफुहरुको एक भिडियो पनि शेयर गरेका थिए । उनीहरुको विवाह हुने खबरले अहिले फ्यानहरु निकै खुशी भएका छन् ।भारतकै चर्चित गायिका नेहाका इस्मे तेरा घाटा, मिले हो तुम हमको, काला चस्मा, आख मारे, कोकाकोला, नैना, गल्ली गल्ली, दिलवर दिलवर लगायतका गीतहरु निकै चर्चामा छन् ।