कोरोना केही होइन भनेर लापरबाही नगर्नुस्ः महानायक हमाल

काठमाडौं । पछिल्लो समयमा कोरोना केही होईन भन्दै जुन प्रकारले जनमानसको मानसिकता विकास हुँदै गईरहेको छ सो कुरालाई मध्यनजर गर्दै नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले यस्तो मानसिकता त्याग्न आग्रह गरेका छन् । उनले कोरोना केही होइन भनेर लापरवाही गर्न नमिल्ने बताउँदै सो कुरा बताएका हुन् ।

महानायक हमालले चलचित्र क्षेत्रसंग सम्बन्धित भएर अभिव्यक्ति दिंदै कोरोनाको कहर अन्त्य नभएसम्म चलचित्र घर खोल्न उपयुक्त नहुने सुझाव दिएका छन् ।

वातावरण सहज नभएसम्म फिल्म हल खोल्दा भोलिका दिनमा केही अप्ठ्यारो पर्ने स्थिति समेत आउन सक्ने उनको भनाई रहेको छ ।

महानयक हमालले कोरोनाको विषयमा आधिकारिक रुपमा सरकारको धारणा नआउँदासम्म सरकारले दिएको निर्देशनको पालन गर्न सबैलाई आग्रह गर्दै भने, ‘सुरक्षाका सबै उपाय अपनाइएको छ भने बिस्तार बिस्तार खोल्न सकिन्छ’ एक अनलाईन टिभीसँग कुरा गर्दै राजेशले भने, ‘कोरोना केही होइन भनेर अहिले लापरबाही गर्न मिल्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *