परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु

काठमाडौं—थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन् । सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन् ।५ मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृ त्यु भइसकेको थियो । अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको हो ।

श ल्यक्रि यामा डा. सुवेदीलाई डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेनले साथ दिएका थिए भने एनेस्थेसियामा डा. मुकेश कुमारले नेतृत्व गरेका थिए। त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् भने बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरुको स्वास्थ्य अवस्था हेरिरहेकी छन्।

श ल्यक्रि यामा संल ग्न चिकित्सक डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई एन आइसियुमा अब्जभेसनका लागि राखिएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको छ । ४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ । अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ ।

प्रसु ति गृ हमा नियमित गर्भ जाँच गराइरहेकी तामाङको तीन हप्ता अघि भिडियो एक्सरे गर्दा एक बच्चाको गर्भमै मृत्यु भएको थाहा भएको थियो। सो बच्चा मृ त्यु भएको थाहा पाएपछि चिकित्सकले अस्पतालमा नै राखेर उपचार गरिरहेको डा. सुवेदीले बताए ।एकै महिलाले एकै पटकमा ५ बच्चा जन्माएको दु र्लभ केस मानिन्छ । ‘नेपालमा चार जनासम्म जन्माइएको धेरै रेकर्ड रहेछन्’ डा. सुवेदीले भने, ‘एकै पटक ५ बच्चा जन्माएको दु र्लभ नै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *