यस्तो दिन कसैको नबनोस् श्रीमतीको मृत्युपछि न कोही आए मलामी न कसैले बोक्न सघाए लाश

काठमाडौ । केही दिन अगाडि भारतीय पत्रिकामा उडिसाका एक गरिब आदिवासी दाना माझीको एक यस्तो तस्वीर छापिएको छ , जसले मन मस्तिष्कमा सबै मानिसलाई नराम्रो असर गरेको छ । दाना माझी आफ्नो काँधमा श्रीमतीको लाश लिएर लगभग १२ किलोमिटर पैदल हिडे ।

माझीकी पत्नीको टिबी रोगबाट मृत्यु भएको थियो । माझीसँग मृत श्रीमतीको शव घर लैजानका लागि आवश्यक रकम थिएन । लाश वाहनले धेरै नै रकम मागिदिए ।
माझिले मृत श्रीमतीको लाश घर लैजान अस्पतालसँग सहयोग मागिएको भएपनि अस्पतालले इन्कार गरेको बताए । उनीसँग कुनै विकल्प थिएन जसका कारण उनले लामो यात्रा काधँमा श्रीमतीको लाश लिएर पुरा गरे । भारतीय सञ्चारमाध्यहरुमा दाना माझीले एक कपडामा बेरीएको लाश आफ्नो काँधमा बोकेर हिडेको दृश्य देखाइएको थियो । जुन पीडादायक थियो ।

साथमा उनकी छोरी मात्र छन् । छोरी अत्यन्तै विचलित छन् । उमेर सानै भएकाले यो ठूलो शोकका कारण उनी आफै सम्हालिन सकेकी थिइनन् । तरपनि बाबुसँगै १२ किलोमिटर पैदल हिँडेर आउँन बाध्य भइन् । १२ किलोमिटरभरी अनेकौँ मानिसहरुले यो दृष्य प्रत्यक्ष देखे । तर सहयोगका लागि कोही अघि सरेनन् ।

हज्जारौ मानिस रमिता मात्र बनिरहे । केही रकममात्र सहयोग गरेको भए उनी श्रीमतीको लाश वहानमा राखेर लैजाने थिए । रकम नभएकाले कसैले काँध मात्र थापिदिएका भएपनि उनलाई केही सहज हुने थियो ।

तर यहाँ गरिब र असक्तका लागि कोही सहयोगी छैनन् भन्ने यो घटनाले देखाएको छ । कलियुग चरम अवस्थामा छ । जुन बेला कसैलेपनि कसैको दुख देख्दैन भन्ने कुरा यो घटनाबाट पुष्टि हुन्छ ? यसले मानवतामाथी नै प्रश्न उब्जाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *