८ वर्षीय एक बालिकाको कोरोना भाइरसका कारण मृत्यु

संयुक्त राज्य अमेरिकाको उत्तरी क्यारोलिना राज्यमा ८ वर्षीय एक बालिकाको कोरोना भाइरसका कारण निधन भएको बताइएको छ । अउरा सोटो मोरालेस, जो उनका साथीहरु र परिवारका लागि योशी भनेर चिनिने ती बालिकामा संक्रमण देखिएको एकहप्तापछि उनमा कोरोनाभाइरस जटिलता बढेको थियो ।

दुर-हमको युएनसी अस्पतालमा कोमामा राखेर उपचार भैरहेकोमा शनिबार उनको निधन भएको हो । उनमा त्यसअघि कुनै अन्य पनि स्वास्थ्य समस्या नभएको बताइएको छ । उनी सो राज्यमा कोरानाका कारण ज्यान गुमाउने पहिलो बालिका हुन् ।

त्यस्तै केहि दिन अघि बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस कारण निधन भएको पुष्टि भएको छ । शनिबार राति करिब २ बजे ती बालिकाको निधन भएको थियो । बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण निधन भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरेका थिए ।

केहि दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएका उनीहरुको परिवारलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो ।

त्यहाँ अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको ती बालिकाको निधन भएको हो । उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । उक्त रिपोट पोजेटिभ देखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *