भक्तपुर बस घटनाकी किशोरी : दुई दिन तीन जनाले एकसाथ, कहिले एकपछि अर्को [ भिडियोसहित ]

काठमाडौ । पछिल्लो समय नेपालमा विभिन्न अपराधहरु बढ्दैछन् । यो बीचमा उपत्यकामै एक किशोरीमाथि समुहमा इ’ज्जतलु’टेको घटना बाहिर आएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा शनिबार रोकिराखेको बा३ख २६१२ नम्बरको बसभित्र १७ वर्षीया किशोरीको इ’ज्जतलुटि’एको हो ।

जानकारी अनुसार ति किशोरी सिन्धुपाल्चोक घर भई मूलपानी बस्दै आएकी थिइन् । घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको साँगाचोकगढी–१० चौताराका २२ वर्षीय नीरकुमार खड्का र जुगल–४ का २१ वर्षीय सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । खड्का बसका चालक र श्रेष्ठ सहचालक हुन् । दुवै अभियुक्तले प्रहरीसँगको बयानमा कसुर स्विकारेका छन् ।

प्रहरीसँगको बयानमा उनीहरुले आफ्नो साथिले एक जना मा. छ, चाहिन्छ भन्दै फोन गर्‍यो, हामीले पनि हुन्छ भन्यौं भनेर बयान दिएका छन् । घटनामा संलग्न एकजना फरार रहेका छन् । शुक्रबार करिब ११ बजेतिर एक अपरिचितले रत्नपार्कबाट केही पदार्थ खुवाएर किशोरीलाई भक्तपुरको सूर्यविनायक पुर्‍याएको थियो । रत्नपार्कमा भेट हुनुअघि एकै पटक युवतीलाई केही पदार्थ खुवाएको वा कुराकानीकै क्रममा भेट भएपछि त्यसको फाइदा उठाएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । थप भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *